संदेश

एम्नेष्टी- इन्टरनेशनल लेबल वाली पोस्ट दिखाई जा रही हैं

भारतको असम राज्यमा सार्वजनिक नागरीक सूचिबारे एम्नेष्टिको प्रतिक्रिया

चित्र
भारतीय राज्य असममा गत सोमबार सार्वजनिक भएको भारतीय नागरीकको रजिष्ट्रेशन सूचीमा चालिस लाख बंगलाभाषीहरु नपरेको र उनिहरु राज्यविहिन हुने अवस्था उत्पन्न भएपछि  मानवाधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल भारत शाखाका प्रतिनिधी अरिजित सेनले प्रतिक्रिया जनाएका छन् । दशकौंदेखि बसोबास गरिरहेकाहरु पनि सूचिमा नपरेको उनले बताएका छन् ।   यो स्थितिको पुष्टिकरणकालागि उनिहरुलाई पारदर्शी र पक्षपातरहित रुपले छानबीन गर्न पनि उनले आग्रह गरेका छन् । यो समग्र प्रकृया अझै अस्पष्ट रहेको उनको भनाई छ । यो प्रकृया स्वच्छ हुनुपर्ने औल्याउंदै यसरी देशविहीन भएकाहरुलाई व्यवस्थित गर्न सम्बन्धित देशसंग कुराकानी हुनुपर्ने एमनेष्टिले जनाएको छ ।