पूर्वोत्तरभारतमा नेपालीहरु—८
अंग्रेजहरुले यसकालागि नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए । सन् १८६७ मार्च २६का दिन मार्घेरिटामा खनिज तेलको भण्डार फेला प¥यो । प्रारम्भिक दिनहरुमा तेलको प्रशोधन कराहीमा राखेर गरिन्थ्यो । यसै गरि खनिज कोईला पनि पत्तो लागे पछि अंग्रेजहरुले ती सम्पदाको उपयोगकानिम्ति रेलवे विस्तार गर्ने योजना बनाए । यसकालागि लगनशील जनशक्तिको ठूलो आवश्यकता प¥यो । अंग्रेजहरुले नेपाली श्रमिकहरुबाट मात्र यो संभव हुने आकलन गरेका थिए । यसकालागि नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए । यसरी नेपालबाटै नेपालीहरुलाई ठेकदारहरु मार्फत् कामका लागि एग्रिमेण्ट गरेर आसाम लैजान थालियो । एग्रिमेन्ट गरी नेपालबाट ल्याएका कामदारहरुलाई राखिएको बस्तीलाई अहिले पनि दिगबोईमा ग्रीमेट लाइनका नामले चिनिने गरिन्छ । यी स्थानहरु बाहेक दिगबोइंका रस्तापाटी, नालापाट...