विधेयक प्रकरण : सरकार विरुद्ध सडकमा बढ्दो आक्रोश

ओली सरकार ले ल्याएका विधेयक हरु संसदमा पुग्न अगावै विवादित बन्दै आएका छन् । असन्तुष्ट पक्षले पनि विधेयकलाई परिमाजर्न गर्न लबिङ गर्न भन्दा सडकमा जुलुस लगाएर आफ्नो माग पुरा गराउने बाटो समातेको देखिन्छ । त्यसैले परिमार्जनकालागि सबै पक्षले एकअर्कालाई स्पेश दिएर संवादको थालनी गर्न आवश्यक छ । यतिबेला सरकारले ल्याएका विधेयकहरुलाई लिएर सडकमा आक्रोश छताछुल्ल भएको छ । अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न खोजेको, संस्कृतिको मास्न खोजेको जस्ता संगीन आरोपहरुको सामना सरकारले गरिरहेको छ । बदलिएको अवस्थामा समयानुकुल विधेयकहरु ल्याउनै पर्ने वाध्यता सरकारमाथि छ । चलिआएका नियम कानुनहरुले वर्तमानलाई संबोधन गर्ने कुरै भएन । लामो अराजकताबाट गुज्रिएको देशलाई समाल्ने दायित्व वर्तमान सरकारको नै हो । सरकारले यो वा त्यो बाहनामा यसबाट पन्छिन मिल्ने अवस्था छैन । आफ्नो अनुकुल नभए जस्तोसुकै कुरा पनि मान्दिन भनेर हठ गर्ने प्रवृती हामी कहाँ नभएको होईन । सरकारका विरोधीहरु मात्र नभएर व्यवस्थालाई नै विफल भएको देख्न चाहने प्रवृतीको चलखेल पनि प्रसस्तै भएको देखिन्छ । यो अवस्थाको हेक्का सरकार र अरु स...