संदेश

चीनभ्रमण लेबल वाली पोस्ट दिखाई जा रही हैं

दबावहरुकाबीच प्रमओलीको चीन भ्रमण

चित्र
                                                                        बाबुराम पौड्याल प्रधानमंत्री खड्गप्रसाद ओली असार ५ गते चीनको पांचदिने भ्रमणमा जांदै छन् । यसअघि प्रधानमंत्रीको रुपमा चीनजांदा ओलीसंग भारतले नेपालमाथि लगाएको पांचमहिना लामो नाकाबन्दी र त्यसपछि भारत भ्रमणमा जांदासमेत कुरा नमिलेको इख पनि थियो ।                  नेपाली जनतामा भारतले गरेको हेपाहा प्रवृत्तीप्रति व्यापक असंतोषले पनि उनको महत्वकांक्षालाई ठुलो आधार दिएको थियो । चीनले पनि ओलीको भ्रमणलाई उच्चमहत्व दिएको थियो । त्यसबेला नेपालमा भारतको प्रभावलाई कम गर्ने रणनीतिक महत्वका सम्झौताहरु चीनसंग ओलीले गरे । जसले गर्दा ओली देशभित्र लोकप्रिय बन्नपुगे । उनको यो लोकप्रियतासामु आफुलाई नेपाल र प्रजातन्त्रको पर्याय ठान्दै आएको नेपाली कांग्रेसको हैसियत निराशालाग्दो गरी खुम्चियो भ...

प्रम ओलीको चीन भ्रमणः दूरदर्शिताको खांचो -बाबुराम पौड्याल

चित्र
भारतका प्रधानमंत्री नरेन्द्र मोदी नेपालको भ्रमण सकेर फर्केको लगभग एक महिनापछि नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली बहुप्रतिक्षित चीनको भ्रमणमा जाने तरखरमा छन् । यो भ्रमण चिनिया राष्ट्रपति सी को निमन्त्रणमा हुनलागेको हो । चीन र भारतलाई तुलना मात्र गर्ने वाध्यात्मक मानसिकतामा बाचिरहेको नेपालीपनलाई ओलीको चीन भ्रमण निक्कै नै महत्वपूर्ण र फलदायी हुने विश्वास छ ।   एकथरि विष्लेशकहरु भन्छन्,    ओलीले ०७२ सालमा आफैले चीनसंग गरेका सम्झैेताहरुलाई अगाडि बढाउने छन् त्यसपछि चिनिया राष्ट्रपति सि जिम्पिगको नेपाल भ्रमण हुनेछ । जो नेपालको विकास र स्वाभिमानकानिम्ति महत्वपूर्ण हुनेछ । यो सोच नेपाल र चीनबीचको अहिलेसम्मको सोझो र सरल सम्बन्धलाई लिएर आएको छ । सोच्नु पर्ने कुरा छ कि चीन अब विश्वमाथि प्रभाव राख्ने महत्वकांक्षा लिएर आफ्नो रणनीति विस्तारमा लागिरहेको छ । आवरणमा उ सामरिक प्रभावको पक्षपाति जस्तो नभएर लगानी र व्यापार मैत्री प्रभावको पक्षमा रहेको देखिन्छ । पूजीको प्रभावमा कतैबाट टकराव उत्पन्न भएमा सामरिक टकराव उत्पन्न नहुने कुराको कुनै ग्यारण्टि गर्न सकिंदैन । नेपा...