कांग्रेसले सुनवाइ समितिको औचित्यबारे बहस चलाओस्

बाबुराम पौड्याल दीपक राज जोशी प्रकरणले हामीहरुका सामु केही सवालहरु उठाएकोे छ । त्यो सवाल भनेको नेपाली कांग्रेसले भने जस्तो संवैधानिक परिषद् ले गरेको सिफारिस संसदीय समितिले अस्वीकार गरेमा न्यायपालिकामाथि हस्तक्षेप हुने, त्यसमा मोहर लगाए मात्र न्यायपालिका स्वच्छ हुन्छ भन्ने किमार्थ होईन । न्यायपालिकामा विकृतिको मलजल गर्ने काम राजनीतिक दलहरुले नै गर्दै आएका हुन् । त्यसमा कांग्रेसको भूमिका तुलनात्मक रुपमा जेठै छ । कांग्रेसले बेलैमा थोरै भएपनि नियम र नैतिकतालाई प्राथमिकता दिएको भए आज देशको यति धेरै दुर्गति हुने थिएन । यसले देश त पिरलिएको छ नै उ आफै पनि थकित बन्न पुगेको हो । सार्वजनिक सुनवाई समिति सांसदको अंग हो । लोकतन्त्रमा संसदको सर्वोच्चताबारे कांग्रेसलाई पाठ सिकाउन पर्ने कुरा पनि भएन । लोकतन्त्रमा न्यायपालिका शक्ति सन्तुलनको एउटा पक्ष हो भन्ने कुरा पनि सबैलाई थाहा नभएको होईन । यसरी न्यायपालिकामाथि निर्णय गर्ने अंगकारुपमा व्यवस्थापिकालाई जोडिनु तर्कसंगत हो कि होईन भन्ने ...