संदेश

एमसीसी#आक्रोश#नेपाल लेबल वाली पोस्ट दिखाई जा रही हैं

एमसीसी ल्याउनेहरु नै अहिले विरोध गरेर देशभक्त र क्रान्तिकारी बन्दैछन्

चित्र
चीनतिरबाट पनि नेपालमाथि अमेरिकाले एमसीसी लाद्न खोजेर धम्कीको कुटनीति गरेको अभिव्यक्ति आउन थालेका छन् । अमेरिकी सहायक सचिव लुले नेपाली नेताहरुसंग फोनमा सम्झौता अनुमोदन नगर्ने हो भने नेपाललाई चीन पक्षिय देशका रुपमा व्यवहार गरिने बताएको कुरा पहिल्यै सार्वजनिक भैसकेको छ । यो परिघटनाले एमसीसी दुई पक्षीयबाट अन्तरराष्टिय मुद्दा बन्न थालेको सतहमा नै देखिन थालेको छ । दुई प्रतिस्पर्धी राष्टले नेपालको विषयलाई लिएर वादप्रतिवाद गर्ने स्थिति बन्नु नेपालकालागि घातक देखिन्छ । नेपालको राजनीतिले अहिले अमेरिकाबाट ल्याउने भनिएको एमसीसी अनुदान सम्झौताले ल्याएको आँधीबेहरीको सामना गरिरहेको छ । सडकमा विरोध छ र संसदबाट अनुमोदन हुनै नदिने वा संशोधन विना पारित नगर्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ । संसदमा पेश हुनै नदिने भन्नेहरु यो पेश भएपछि भने छेउतिर पुगे जस्तो देखिंदै छ उनिहरुको जोरबल अब अनुमोदन हुन नदिनेतिर केन्द्रित भएको छ । नेपालको राजनीतिले अहिले अमेरिकाबाट ल्याउने भनिएको एमसीसी अनुदान सम्झौताले ल्याएको आँधीबेहरीको सामना गरिरहेको छ । सडकमा विरोध छ र संसदबाट अनुमोदन हुनै नदिने वा संशोधन विना पारित नगर्ने भ...

दलहरुले एमसीसी प्रकरणमा नेपालको कुटनीतिक साख गिराए

चित्र
त्यतिबेला नेपालका सरकारी नेताहरुलाई एमसीसी ल्याउन कुन कुराले प्रेरित गरेको थियो ? अहिले फेरि त्यसबाट पछाडि हट्न के कुराले वाध्य पार्यो ? आफ्नो कुन चाँही अडान गलत थियो ? पछिल्लो कि अघिल्लो ? जवाफ चाहियो । देशको कुटनीति लाई ध्वंश पार्ने यो रवैया निन्दनीय छ ।   नेपालमा एमसीसी उत्तरी छिमेकी चीनलाई घेर्ने ईण्डो प्यासिफिक रणनीति अन्तरगत ल्याउन लागिएको भन्ने र यसको विरोधलाई चिनिया प्रोपोगाण्डा भन्ने दुई तर्कहरु सुनिंदै आएका छन् । यस्ता तर्कले नेपालमा भारत–अमेरिकी गठजोड र चिनिया स्वार्थले बहसलाई यतिबेला प्रभावित गरिरहेको देखिन्छ । समय घर्किंदै जाँदा सडकदेखि राजनीतिक दलहरुमा समेत् एमसीसी विरोधको लहर देखिन थालेपछि अमेरिकी एमसीसी उपाध्यक्ष फातिमा सुमार एउटा टोली सहित काठमाण्डौ आएर विभिन्न राजनीतिक दलहरुका शिर्षस्थ नेताहरुलाई संसदबाट सम्झौता चाँडो अनुमोदन गर्न दबाव दिएर फर्किसकेकी छन् । धेरैको अनुमान छ, फातिमा म्याडम निराश मात्र होईन आक्रशित भएर फर्किन् । उनले नेपाललाई आर्थिक रुपमा अप्ठ्यारो पर्ने चेतावनी समेत दिएको भन्ने खबर मिडियाहरुमा देखियो । उनिसंग को भेटमा नेपाली काँग्रेस बाहेकका एमसीसी...

जनआक्रोशले विस्तावादको चाकडी नगरोस्

चित्र
कोरोना व्यवस्थापनमा कमजोरी, एमसीसी जस्ता विषयले सरकारप्रति उत्पन्न गरेको आक्रोश भारत नेपाल सिमा विवादमा नेपाललाई नै कमजोर पार्ने हो कि भन्नेतिर सोचिन आवश्यक छ । सरकारलाई आन्तरिक रुपमा दबाव दिन सडकमा हुलहुज्जत गर्न भन्दा अन्य रचनात्मक विधि अवलम्बन गर्न आवश्यक छ । देशको वर्तामान अवस्थालाई गंभिरतासाथ विष्लेशण गर्ने हो भने निक्कै भयावह हुन सक्ने संभावना बढेको देखिंदैछ । एकातिर भारतसंगको सिमा विवादलाई नेपालले विगतमा भन्दा नितान्त भिन्न कोणबाट प्रतिक्रियात्मक ढंगले अभिव्यक्त गरिरहेको छ भने अर्कोतिर कोरोना भाईरसको बढ्दो संक्रमणको व्यवस्थापनकालगि सरकार दवावमा परेको छ । कोरना रोकथाममा भ्रष्टाचार भएको र कोरोना रोकथाममा वेवास्ता गरिएको भन्दै नेपाल लकडाउनमा रहेकै बेला विपक्षी शक्तिहरु र केही स्वतस्फुर्त जस्तो देखिने समूह सरकार विरुद्ध प्रदशर्नमा उत्रिएका छन् ।  अर्को तर्फ अमेरीकी अनुदान एमसीसीलाई सरकारले संसदबाट पारित गर्ने तयारी गरेको देखिएपछि यो राष्ट्रको हितमा नरहेको भन्दै पनि प्रदर्शनहरु भएका छन् । यस्तो कोरोना संक्रमणका समयमा जमघट गर्न जोखिम हुने कुराले पनि अर्को संत्रास फैलिएको छ । नेप...