संदेश

राजनीति लेबल वाली पोस्ट दिखाई जा रही हैं

स्वार्थहरुको टकरावबीच बदलिंदै छ मधेशको राजनीति

चित्र
      मधेश मा पृथकतावादी गतिविधि गदै आएका सिके राउत नाटकिय ढंगबाट सरकारसंग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा अवतरण गरेपछि मधेशको राजनीति मा अचानक हलचल उत्पन्न भएको छ ।                 आन्दोलनमा मधेशी महिलाहरू   बदलिंदो समीकरण-  यतिबेला राउत आफ्नो संगठनको विस्तारमा तीव्रता साथ लागिरहेका छन् । उनले विभिन्न स्थानमा आमसभा र भेटघाट गरिरहेका छन् । प्रधानमंत्री केपी ओली सम्झौतापछि मधेशमा गएर सिके राउतको विखण्डनकारी गतिविधिलाई देखाएर आफ्नो रोटी सेक्दै आएकाहरुका दिन अब गए भनेर भैआएका मधेशी दलहरुप्रति टिप्पणी गरेका थिए । ती दलहरुले राउतको अवतरणलाई ओलीको मधेशमा घुसपैठका रुपमा लिएका छन् । संघीय समाजबादी फोरम नेता तथा उपप्रधानमंत्री उपेन्द्र यादव राउतले प्रारम्भिक चरणमा नै मधेशी दलहरुप्रति तीखो आलोचना शुरु गरिसकेका छन् तर उनले अहिलेसम्म सरकारप्रति नरम दृष्टिकोण राख्दै आएका छन् । काठमाण्डौको सरकारको आलोचना नगरिकन शुरु नै नहुने मानिदै आएको मधेशमा राउतले भने नौलो प्रवृती दे...