प्रम ओलीको चीन भ्रमणः दूरदर्शिताको खांचो -बाबुराम पौड्याल

भारतका प्रधानमंत्री नरेन्द्र मोदी नेपालको भ्रमण सकेर फर्केको लगभग एक महिनापछि नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली बहुप्रतिक्षित चीनको भ्रमणमा जाने तरखरमा छन् । यो भ्रमण चिनिया राष्ट्रपति सी को निमन्त्रणमा हुनलागेको हो । चीन र भारतलाई तुलना मात्र गर्ने वाध्यात्मक मानसिकतामा बाचिरहेको नेपालीपनलाई ओलीको चीन भ्रमण निक्कै नै महत्वपूर्ण र फलदायी हुने विश्वास छ । एकथरि विष्लेशकहरु भन्छन्, ओलीले ०७२ सालमा आफैले चीनसंग गरेका सम्झैेताहरुलाई अगाडि बढाउने छन् त्यसपछि चिनिया राष्ट्रपति सि जिम्पिगको नेपाल भ्रमण हुनेछ । जो नेपालको विकास र स्वाभिमानकानिम्ति महत्वपूर्ण हुनेछ । यो सोच नेपाल र चीनबीचको अहिलेसम्मको सोझो र सरल सम्बन्धलाई लिएर आएको छ । सोच्नु पर्ने कुरा छ कि चीन अब विश्वमाथि प्रभाव राख्ने महत्वकांक्षा लिएर आफ्नो रणनीति विस्तारमा लागिरहेको छ । आवरणमा उ सामरिक प्रभावको पक्षपाति जस्तो नभएर लगानी र व्यापार मैत्री प्रभावको पक्षमा रहेको देखिन्छ । पूजीको प्रभावमा कतैबाट टकराव उत्पन्न भएमा सामरिक टकराव उत्पन्न नहुने कुराको कुनै ग्यारण्टि गर्न सकिंदैन । नेपा...