प्रम ओलीको चीन भ्रमणः दूरदर्शिताको खांचो -बाबुराम पौड्याल





भारतका प्रधानमंत्री नरेन्द्र मोदी नेपालको भ्रमण सकेर फर्केको लगभग एक महिनापछि नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली बहुप्रतिक्षित चीनको भ्रमणमा जाने तरखरमा छन् । यो भ्रमण चिनिया राष्ट्रपति सी को निमन्त्रणमा हुनलागेको हो । चीन र भारतलाई तुलना मात्र गर्ने वाध्यात्मक मानसिकतामा बाचिरहेको नेपालीपनलाई ओलीको चीन भ्रमण निक्कै नै महत्वपूर्ण र फलदायी हुने विश्वास छ ।


 एकथरि विष्लेशकहरु भन्छन्,  ओलीले ०७२ सालमा आफैले चीनसंग गरेका सम्झैेताहरुलाई अगाडि बढाउने छन् त्यसपछि चिनिया राष्ट्रपति सि जिम्पिगको नेपाल भ्रमण हुनेछ । जो नेपालको विकास र स्वाभिमानकानिम्ति महत्वपूर्ण हुनेछ । यो सोच नेपाल र चीनबीचको अहिलेसम्मको सोझो र सरल सम्बन्धलाई लिएर आएको छ ।

सोच्नु पर्ने कुरा छ कि चीन अब विश्वमाथि प्रभाव राख्ने महत्वकांक्षा लिएर आफ्नो रणनीति विस्तारमा लागिरहेको छ । आवरणमा उ सामरिक प्रभावको पक्षपाति जस्तो नभएर लगानी र व्यापार मैत्री प्रभावको पक्षमा रहेको देखिन्छ । पूजीको प्रभावमा कतैबाट टकराव उत्पन्न भएमा सामरिक टकराव उत्पन्न नहुने कुराको कुनै ग्यारण्टि गर्न सकिंदैन । नेपालको संदर्भमा यो प्रभाव सामरिक हदसम्म पुग्ने स्थिती नदेखिए पनि उसको एकलौटी रणनीतिक हतियारको रुपमा प्रयोग हुने अवस्थाबाट नेपाललाई जोगाउनु महत्वपूर्ण छ । एकलौटी हतियारको भारतीय प्रभावबाट मुक्ति पाउन त्यस्तै अर्को कष्टकर जंजालमा पर्नूको औचित्य छैन ।


चीनको नयां नीति अनुशार उसंग सहकार्य गरिरहेका मध्ये २३ कमजोर अर्थतन्त्र भएका देशहरु यतिबेला आर्थिक संकटको जोखिममा छन् । हाम्रै वरपर रहेका पाकिस्तान, श्रीलंका र मालदीव पनि यस्तै स्थितीमा रहेको देखिंदै छ । यस्तो स्थितीमा नेपालमा आउने चिनिया लगानी उत्पादनशील क्षेत्रमा र जोखिमको स्थिती आईपरे पनि देशको अर्थतन्त्रले धान्न सक्ने परिधीभित्रको हुन आवश्यक छ । विकासको नाममा जथाभावी लगानी ल्याउने जोखिम मोल्ने गल्ती गर्न हुंदैन ।               

भारतले नेपालनीतिमा केही परिवर्तनको रणनीति लिएको र नेपालले पनि त्यसप्रति सतर्कता साथ सकारात्मक रवैया देखाईरहेको अवस्थालाई लिएर नेपाल चीनसंगको संबन्धलाई पुरानै अवस्थामा सिमित गर्ने मनस्थितीमा भने देंिखंदैन ।   

  सरकारी सुत्रका अनुशार रेलमार्ग, जलविद्युत परियोजना, अन्तररष्ट्रिय प्रसारण लाईन, सुख्खा बन्दरगाह, सातवटै प्रदेशहरुमा आपतकालिन उद्धार केन्द्रहरुको स्थापना जस्ता विषयहरुमा गृहकार्य र विभिन्न चरणमा छलफल  भैरहेको छ । चिनिया टोलीहरुको अवागमन काठमाण्डैमा केही समयदेखि बाक्लिएको छ ।

  


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?