संदेश

हसिना लेबल वाली पोस्ट दिखाई जा रही हैं

अवैध बंगलादेशीलाई असमबाट फिर्ता पठाउने योजना छैन - मोदी

चित्र
भारतीय प्रधानमन्त्री मोदी र उनका सहयोगीहरूले एनआरसी को मुद्दा  उचाली उत्तेजना फैलाएर राजनीतिक हथकण्डा बनाउदै  आएका छन् । तर बाहिर जाँदा यसलाई अन्तरिक मामिला बताउने गरेका छन् ।   भारतको असम राज्यमा पछिल्लो पटक ३१ अगस्तमा प्रकाशित गरिएको अन्तिम एनआरसीले राज्यमा झण्डौ १९ लाख मानिसहरु गैरकानुनी बिदेशी रहेको देखाएको छ । यस भन्दा अघिल्लो पटक प्रकाशित एनआरसीले राज्यमा चालिस हजार गैरकानुनी बिदेशीहरु रहेको देखाएको थियो । यस अन्तिम एनआरसीमा एकलाख भन्दा बढी नेपालीहरु पनि अवैद्य विदेशीका रुपमा बाहिर परेका छन्  ।   विदेशी मानिएका मानिसहरुलाई राख्न सरकारले बन्दी गृहहरुको निर्माण गरिरहेको छ । बंगलादेशी  वा नेपालीहरु अझै तीन महिना आफुलाई कानुनी रुपले भारतीय सिद्ध गर्न नसकेमा यस्ता बन्दी गृहमा राखिने जनाईएको छ । यस्ता बन्दीगृहको स्वरुप भने चीनमा उइगुर मुसलमानहरुलाई सुधारकालागि राखिएका केन्द्रहरु भन्दा बढी तल्लोस्तरका हुने अनुमान गर्न सकिन्छ । चीनका सुधार केन्द्रहरुमा राखिएका मुसलमानहरु चिनिया नागरिक नै हुन् । चीनले गरेको यो कार्यको अन्तरराष्टिय जग...