नेपालको लीपुलेकमा भारत र चीनको दादागीरी

नेपाल को लीपुलेक मा भारतीय सेना चीन लाई टक्कर दिन पठाईएको छ भने चीनले त्यहाँ १००० सेना हालै तैनात गरेको छ । नेपाली भूमिमा कुत्सित मनाशयकासाथ अशान्ति मच्चाउन उद्दत दुवैको नेपालले कडा प्रतिवाद जनाउनु पर्दछ । भर्खरै त्रिदेशिय क्षेत्र लिम्पियाधुरा र लीपुलेक नजिकै आफ्नो क्षेत्रमा चीनले सैनिक संख्या बढाएको देखिएको छ । चीनको यो कदमले भारतलाई दबाव राख्ने नीतिलाई उसले तत्काल परिवर्तन नगर्ने संकेतका रुपमा पनि लिन सकिन्छ । तर, नेपाल र भारतबीच झगडा परिरहेको यो क्षेत्रमा चीनको बढ्दो सामरिक उपस्थितिले नेपालमाथि पनि दबाव बढ्ने देखिएको छ । यो दबावको अवस्था बारे भने नेपालमा अन्यौलता देखिन्छ । भारतले चालिस वर्षदेखि हड्पेको आफ्नो भूमिमाथि नेपालले आफ्नो सुषुप्त दावीलाई चर्को आवाजमा उठाउन थालेपछि भारतले नेपालले यो मुद्दा चीनको ईशारामा भारतलाई अप्ठ्यारोमा पार्न उठाएको आरोप लगाएको थियो । त्यसपछि नेपाल र भारतबीचको तिक्तता सन् २०१५को नाकाबन्दी ताका भन्दा पनि तनावपूर्ण अवस्थामा पुगेको छ । ...