संदेश

कम्युनिष्ट लेबल वाली पोस्ट दिखाई जा रही हैं

चन्दको जुलुस : भो अब शहिदको खेतीको कल्पना नगरौं

चित्र
  राजधानीमा  मंसीर ९ गते नेत्रबिक्रम चन्दले नेतृत्व गरेको कम्युनिष्ट पार्टी को निक्कै अनुशासित प्रदर्शन देखेर रमाईलो लागे पनि मनमा विगतमा दशवर्षसम्म चलेको रक्तपातपूर्ण गृहयुद्धले पारेका गहिरा घाउहरुको संझना भयो । कति निर्दोष मानिसहरुको ज्यान गयो, कतिको घरवास उजाडियो; कतिको कोख रित्तियो,सिंऊँदो पुछियो र कतिको अविभावकत्व हरियो — भनिसाध्ये र सुनिसाध्ये छैन । कति अझै शरीरभित्र गोली बोकेर हिंडिरहेका छन् । कतिका घाऊहरुमा समयले खाटा बसालि सकेको होला त कतिका घाऊ अझै चह¥याईरहेका होलान् । यस्ता पीडितहरुको ठूलोसंख्या अहिले ओझलमा छ । उनिहरुको छटपटीसंग आज कसैको सरोकार छैन । नेपालको एउटा पीढी नै नराम्रोसंग तहसनहस भयो ।  त्यही डरलाग्दो विगतलाई देखाएर एउटा वर्ग अहिले सत्ताको वरीपरी घुमिरहेको छ । उनिहरुकालागि त्यो महान उपलब्धि हो । हो, त्यसले देशमा धेरैेले कल्पना नगरेको परिवर्तन आएको छ तर त्यो कतिको स्थाई होला कि नहोला— यकिन गर्ने स्थिती भने अझै छैन । जे भएपनि पीडानुभूति कहिल्यै पनि समूहिक नाहुँदो रहेछ । त्यो नितान्त व्यक्तिगत नै हुँदोरहेछ भन्ने अनुभव भुक्तभोगीहरुले यतिबेला गरिरहेका छन...

अन्यौलतामा ओली सरकार

चित्र
प्रधानमन्त्री ओली                        केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को सरकारले सत्तारोहण गरेको नौ महिना बितिसकेको छ । बितेको समयमा यो सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको भनेर टिप्पणी गर्न थालिएको छ । विगतलामो समयदेखि नेपालका सरकारहरुको औसत आयु नौ दश महिनाको हुनेगरेकोले यस अवधिमा सरकारको प्रवृत्तीबारे खोजीनिति शुरुहुनु अस्वभाविक छैन । चुनावमा आक्रमक छवी बनाएर सत्तामा पुगेका प्रम ओली भने पछिका दिनहरुमा त्यो आक्रमकतालाई कायम राख्न नसकेको देखिन्छ । प्रदेशहरुलाई समयमा नै कर्मचारी र नियम कानुनको स्पष्टता दिन नसक्नाले पनि उनको आलोचना हँुदै आएको । सात मध्ये छ प्रदेशहरुमा नेकपा कै सरकारहरु छन् । गठनको दश मैना बितीसक्दा पनि प्रदेशहरुले कार्य दिशा प्राप्त गर्न नसक्नुले संघीयता प्रतिनै जनमानसमा अनास्था उत्पन्न हुने खतरा छ । प्रधानमंत्री ओलीले बेलाबखत आफ्नो टीमले उचित ढंगले काम गर्न नसकेको वा कर्मचारी र पार्टी पङतीबाट साथ नपाएको भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् । यसै सन्दर्भमा सम्बन्...