संदेश

मधेश लेबल वाली पोस्ट दिखाई जा रही हैं

घेरिदै मधेश केन्द्रित राजनीति

चित्र
राजपा र नेकपाको राष्ट्रियसभा चुनावमा सहकार्यले  मधेश केन्द्रित राजनीतिमा नया संकेतहरू गोचर भैरहेका छन्। राष्ट्रिय जनता पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभामा रिक्त हुन गैरहेका स्थानको चुनावमा सहकार्य गर्ने सम्झौता गरेका छन् । गत आमचुनावमा बहुमत ल्याएको ओली नेतृत्वको नेकपा सरकारलाई विश्वासको मत दिएको राजपाले आफ्नो संविधान संशोधन लगायतका मागहरुलाई वेवास्ता गरेको भन्दै पछि मत फिर्ता लिएको थियो । प्रधानमंत्री आलीले राजपालाई सरकारमा शामेल हुन प्रस्ताव पनि राखेका थिए तर आफ्ना मागहरु पुरा नहुँदासम्म सरकारमा शामेल नहुने अडान राजपाले लिंदै आएको थियो । मधेशप्रति नरम दृष्टि राख्ने तत्कालिन माओवादी केन्द्र र अनुदार मानिने नेकपा एमालेको एकिकरण भएपछि बनेको नेकपाप्रति राजपाको असन्तुष्टी बेलाबखत प्रकट भै नै रहेको थियो । यो परिदृश्यमा यी दुई पार्टीहरुबीच सहकार्य हुनुले मधेशको राजनीतिमा नयाँ परिस्थिति उत्पन्न हुने संभावनाहरु देखिएको छ । राजपाले जस्तै संविधान संशोधनको माग राख्दै आएको मधेशको अर्को प्रभावशाली दल  समाजवादी भने फरक धारणाकाबीच सरकारमा शामेल भएको ...

बाढीको प्रकोप : प्रकृतिमाथिको ज्यादतीको प्रतिफल

चित्र
काठमाण्डौमा जमिनकालागि वैधअवैध सवै हत्कंण्डा अपनाउन पछि नपर्ने प्रवृती  र मधेशतिर चुरेको अत्यधिक दोहन र नदी व्यवस्थापनमा देखिदै आएको लापरवाही भारतसंग यस मामिलामा समन्वय हुन नसक्नु  नै बाढीबाट हुने अधिक क्षतीका कारण हुन् । त्यसलाई न्यूनिकरण र उद्धार गर्ने तर्फ तदारुकता देखाउन अब ढीलो भैसकेको छ ।      गत विहीवारदेखि औसत भन्दा केही ढीलो गरी सक्रिय भएको मनसुनका कारण आएको वर्षाका कारण आएको बाढीले साठी भन्दा बढी नेपालीहरुको ज्यान गएको र तीस भन्दा बढी मानिसहरु हराईरहेका छन् । अरबौंको धनमाल क्षती भएको छ । खासगरी राजधानी काठमाण्डौ र पूर्वी तराई बढी प्रभावित भएका छन् । देशका पहाडी भागहरुमा पनि पैह्रोका कारण सडक संजाल क्षतविक्षत हुन पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु उद्दारमा खटिए पनि यो पर्याप्त भएको देखिएन । बाढी र पैह्रोको प्रकोप नेपालकालागि नौलो होईन । वातावरणिय विनाश र पृथ्वीमा बढी रहेको तापक्रमको प्रभावको दृष्टिले पनि उच्च जोखिममा रहेको नेपालमा यस्ता प्राकृतिक विपतीहरु वर्षेनी बढ्दै जाने संभावना छ । यो प्रकोप थोरै धेरै मात्रामा प्रत्येक ...

बाबुराम र उपेन्द्रको सहयात्रा : राष्ट्रिय कि मधेशको राजनीति ?

चित्र
नेपाली राजनीति र बेलाबखत विदेशी स्वार्थहरुको नेपाललाई जाँच गर्ने प्रयोगशाला हुँदै आएको मधेश का  नेपालीहरूको भागमा पीडा मात्रै पर्ने सिलसिला चलिआएको छ । मधेशका उद्दारकर्ता हूँ  भन्नेहरु धेरै आए गए । उपेन्द्र बाबुराम को सहयात्राले उहि इतिहास नै पो दोहोर्याउने हो कि ? नेपालमा दलहरुबीच केही अनौठा र अप्रत्यशित समिकरणहरु बन्दै गैरहेको देखिन्छ । त्यस्तै मध्येको पछिल्लो बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकिकरणको घटना हो । भनिन्छ राजनीतिमा असंभव भन्ने कुरा केही हुँदैन । त्यहि कुरा चरितार्थ भएको देखिन्छ । उसो त यी दुईबीच पहिले पनि एकिकरणको चर्चा बेलाबखत चल्दै आएको थियो तर वरियताक्रमको कुरा नमिलेपछि त्यो स्थगित भएको थियो । जे होस्, उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम र बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टी एकिकरण भएर समाजवादी पार्टी, नेपाल बनेको घोषणा भैसकेको छ । बने लगतै सामाजिक संजालहरुमा बाबुरामले संविधान संशोधन गरेर नेपालमा सात होईन एघार प्रदेश बनाउन पर्छ त्यसो  भएन भने सरकार छोड्ने चेतावनी दिएका छन् भने अर्का नेता राजेन्द्र श्रेष्ठले कम्युनिष्टह...

स्वार्थहरुको टकरावबीच बदलिंदै छ मधेशको राजनीति

चित्र
      मधेश मा पृथकतावादी गतिविधि गदै आएका सिके राउत नाटकिय ढंगबाट सरकारसंग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा अवतरण गरेपछि मधेशको राजनीति मा अचानक हलचल उत्पन्न भएको छ ।                 आन्दोलनमा मधेशी महिलाहरू   बदलिंदो समीकरण-  यतिबेला राउत आफ्नो संगठनको विस्तारमा तीव्रता साथ लागिरहेका छन् । उनले विभिन्न स्थानमा आमसभा र भेटघाट गरिरहेका छन् । प्रधानमंत्री केपी ओली सम्झौतापछि मधेशमा गएर सिके राउतको विखण्डनकारी गतिविधिलाई देखाएर आफ्नो रोटी सेक्दै आएकाहरुका दिन अब गए भनेर भैआएका मधेशी दलहरुप्रति टिप्पणी गरेका थिए । ती दलहरुले राउतको अवतरणलाई ओलीको मधेशमा घुसपैठका रुपमा लिएका छन् । संघीय समाजबादी फोरम नेता तथा उपप्रधानमंत्री उपेन्द्र यादव राउतले प्रारम्भिक चरणमा नै मधेशी दलहरुप्रति तीखो आलोचना शुरु गरिसकेका छन् तर उनले अहिलेसम्म सरकारप्रति नरम दृष्टिकोण राख्दै आएका छन् । काठमाण्डौको सरकारको आलोचना नगरिकन शुरु नै नहुने मानिदै आएको मधेशमा राउतले भने नौलो प्रवृती दे...

सिके राउतको स्टन्ट र प्रम ओलीको महत्वकाँक्षा

चित्र
सिके राउत नेपालको समथर भूभागमा छुट्टै मधेश देशकालागि पृ थक तावादी आन्दोलन संचालन गर्दै आएका चन्द्रकान्त अर्थात्  सीके राउत २२ फाल्गुणमा अदालतको आदेशले छुटे । त्यसको ठिक दुई दिनपछि अर्थात् २४ गते उनले सरकारसंग रहस्यमय ढंगले एघार बुँदे सहमतिमा हस्ताक्षर गर्दै पृथकतावादी आन्दोलन परित्याग गरेको भन्ने संदेश दिन खोजेर सबैलाई आश्चर्यमा पारे । केही दिन अघिसम्म नेपाल टुक्रयाउने कुरा गर्दै आएका उनले यस्तो निर्णय कसरी लिए भन्ने कुरा सोचिनु अस्वभाविक थिएन । तर, सम्झौतापछिका दिनहरुमा उनका गतिविधिहरुले यो संदेहलाई झन् गहिरो पार्दै लगेको देखिंदै छ । सरकारसंगको संझौताको पहिलो बुंदामा नै अखण्ड र अविभाज्य नेपाल त्यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरिएको र अन्य बुँदाहरुमा पनि संविधानको उच्चता उल्लेख गरिएको संझौतामा हस्ताक्षर गरेका राउतले दोस्रो बुंदाको जनअभिमत भन्ने शब्दलाई जनमत संग्रह गरेर स्वतन्त्र मधेश बनाउन सकिने भन्ने अर्थमा प्रचार गर्न खोजेको देखिंदै छ । त्यतिमात्र होईन स्वतन्त्र मधेश गठबन्धनलाई नेपालको संविधान प्रदत्त अधिकारको उपयोग गर्दै गतिविधि संचालन गर्न दिईन...