संदेश

विनाश लेबल वाली पोस्ट दिखाई जा रही हैं

भूसंरक्षण र विकासको बाटो

चित्र
नेपाल मा विकास का नाममा भैरहेको विनाश तीर ध्यान दिइएको देखिँदैन।  त्यसैले विकसले झन ठूलो विनाश निम्त्याउंने खतरा ।    जाजरकोटमा केही दिनअघि पैह्रोमा परेर ससाना बालकहरुको मृत्युले सबैको मन रोयो । यस्तो घटना यो नै पहिलो होइन, यो त पुनरावृत्ति मात्रै हो । यस्तो घटना दोहोरिई नै रहेको छ । भूस्खलनले कैयन गाऊंहरु जोखिममा रहेको घटना प्रत्येक वर्ष दोहोरिएकै छ । यस्ता हृदयविदारक घटनाहरुको प्रमुख कारक रहेको भूक्षय रोक्नेतिर सरोकारवालाहरुले नारा दिनबाहेक अरु केही गर्नतिर ध्यान दिएका छैनन् । विकासका नाममा पहाडहरु भत्काएर दुई महिने सडक खन्ने र भेलले त्यसलाई बगाएर खोलाहरुमा मिसाउने चक्र वर्षौदेखि चलिरहेको छ । खोलाहरुमा वर्षेनी खरबौं टन माटो बगेर गैरहेको छ । यो प्रकृयाका उच्च जोखिममा रहेका देशहरुमा नेपाल पनि परेको छ । नेपाल  भूकम्पिय र विश्वका बढ्दो तापक्रमका कारण मौसम परिवर्तनका दृष्टिले पनि उच्च जोखिममा रहेको देश हो । यी सबै कारणहरुले पनि प्राकृतिक भूक्षयमा तीव्रवृद्धि हुने गरेको छ । यसबाहेक मानिसले आफ्ना गतिविधिलाई संयमित नगर्दा मानविय भूक्षय पनि ठूलै कारण बनेको छ...