भारतको असम राज्यमा हज्जारौं मानिसहरु देशविहिन हुने खतरा

भारतको असम राज्यमा विगत केही समयदेखि नागरिकता को सूचि तयार पार्ने कार्य तीव गतिमा अगाडि बढार्ईएको छ । यही ३० जुलाई सम्म दोस्रो सूचिको ड्राफ्ट प्रकाशित गर्ने लक्ष्य राखिएको छ । यस कार्यकालागि त्यहां ट्रिब्युनलहरु गठन गरिएको छ । जसले राज्यमा बसोबास गर्दे आएका गैरभारतिय मानिसहरुलाई पहिचान गर्ने प्रबन्ध मिलाउने कार्य गर्ने बताईएको छ । यस क्रममा मानिसहरुका आधिकारिक प्रमाणहरुमाथि अनुसन्धान गरिंदै छ । आसामको दूरदराजतिर पुस्तौंदेखि बसेका र अशिक्षित तल्लो वर्गका हजारोंै मानिसहरुले यतिबेला ठूलो प्रशासनिक समस्या झेलिरहेको संचारमाध्यमहरुले जनाएका छन् । मानिसहरुलाई पुलिस, वकिल र दलालहरुले गैरकानूनीरुपमा मनपरी रकमलिने गरेको पीड़ितहरूले आरोप लगाएका छन । अनुसंधानका नाममा मानिसहरुलाई ल्याएर राख्ने गरिएको छ । मानसिक तनावमा परेर मानिसहरुले आत्महत्या गरेका समाचार पनि आईरहेका छन् । धेरै मानिसहरु बिचल्लीमा परेका छन् । असममा वि...