नक्शा युद्धमा नेपालमा बढ्दो भारतीय चलखेलका संकेतहरु !
न्युनतम रुपमा वार्ताको सकारात्मक निकास दिने प्रयासहरु भएनन् भने नेपालमा प्रयोजित सत्ता परिवर्तन, चर्को आन्तरिक असन्तोष जस्ता संभावनाहरु छन् । कोरोना प्रकरणले संसारका सबै देशका आममानिसहरु उनिहरुका सरकारसंग असन्तुष्ट बनाएको छ तर नेपालमा स्थिति त्यो भन्दा गम्भिर पनि बनाउने प्रयासहरु हुने देखिन्छ । यसो भयो भने पनि रणनीतिक रुपमा भारतको जीत भने हुने छैन । यतिबेला नेपालमा अनौठा र रहस्यमय घटनाहरु देखिंएका छन् । नेपालको संसदमा अहिले भारतले कब्जा गरेको नेपालको भूभाग समेटेर पुनः प्रकाशित गरिएको नक्शा पारित गर्न संविधान संशोधन विधेयक कार्यसूचिमा राख्ने तयारीे छ । नक्शा पुनः प्रकाशन यस अर्थमा कि नेपालको यो नक्शा वि.सं २०३२ सम्म पनि कायम नै थियो तर बिचमा यसलाई छुटाईएको थियो । किन छुटाईएको थियो भन्ने कुराको निक्र्यैाल अझै छैन । यो नक्शा प्रकाशनकालागि नेपालमा सर्वदलीय सहमति न...