ओलास्का वार्ता , ह्वाईटहाउस बैठक र भारतको बदलिंदो कुटनीति

युक्रेनलाई रुस विरुद्ध युद्ध गर्न उक्साएका शक्तिहरु मध्येको प्रमुख अमेरीकाले रुसप्रति नरमी देखाएपछि युक्रेनले युद्ध चलिरहँदा अझै ठुलो क्षतीको सामना गर्नपर्ने अवस्था देखिएको छ । अमेरिकी नेतृत्वको सामरिक गठबन्धन नाटो र रुसको स्वार्थको टकरावमा पिसिएको युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ । युक्रेन रुसबिच सन् २०२२ देखि चलिरहेको युद्ध रोक्ने उद्देश्यले अगस्त १५ तारिखमा आयोजित रुसी राष्ट्रपति पुतिन र अमेरीकी राष्ट्रपति ट्रम्पकोे बहुप्रतिक्षित ओलास्का शिखरवार्ता केही दुवैपक्षबीच केही कुरामा समझदारी भएको बताईए भएपनि देखिने गरी कुनै सहमतीविना सकिएको छ । यसरी युद्धविराम तत्काल नहुने भएको छ । युद्धबाट पिडित युक्रेनको सहभागिताविना भएको यो वार्ताबाट सोचे अनुशारको सफलता नदेखिए पनि यसले सहमतीमा पुग्न वार्ताको ढोका खोलेको दुवैपक्षले बताएका छन् । यो अन्यौलताले युक्रेन र युक्रेनलाई रुसलाई रक्षात्मक स्थितिमा पुर्याउन सहयोग दिनपर्ने बताउदै आएका युरोपेली देशहरुमाथि चर्को दबाव परेको छ । राष्ट्रपति ट्रम्पले अलास्काबाट फर्केपछि युरोपेली देशका र युक्रेनी राष्ट्रपति जेलेनेस्कीसंग ह...