संदेश

कब्जा लेबल वाली पोस्ट दिखाई जा रही हैं

कालापानी अतिक्रमण : राजनीतिक र कूटनीतिक सक्रियताको विकल्प छैन

चित्र
  भारत को सिमा सुरक्षामा प्राण आहुति दिंदैआएका नेपालीहरुको आफ्नै मातृभूमि भारतबाट आतिक्रमित हुनु दुखद हो । पाकिस्तान र चीनसंगको युद्धमा बगेको  नेपाली को रगतको पुरस्कार कालापानी कब्जा गरेर दिएको हो ? भारतले सम्बेदनशिलतालाई बुझोस् ।  भारतले हालसालै प्रकाशित गरेको आफ्नो नक्शामा महाकाली पूर्वको नेपाली भुभाग एकपक्षिय ढंगले आफ्नो नक्सामा देखाएको भन्दै नेपालमा आक्रोश फैलिएको छ । भारतको नेपाली भूमिमाथि भएको यस प्रकारको सैनिक हस्तक्षेपले नेपालीहरुमा लामो समयदेखि व्यापक असन्तुष्टि रहँदै आएको छ । नोवेम्वरका ७ दिन सरकारका प्रवक्ता संचारमंत्री गोकुल वास्कोटाले कालापानी लिपुलेक क्षेत्रमा नेपाली भूभागमाथि भारतको एकपक्षीय दावी अस्वीकार्य भएको र कूटनीतिक ढंगबाट समाधानकालागि सक्रिय रहने बताएका छन् । नेपालमा सिमानाको विषयलाई लिएर देखिएको व्यापक असन्तुष्टिपछि भारतीय विदेशमंत्रालयका प्रवक्ता रवीश कुमारले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल तर्फको सिमानामा नयाँ नक्शामा केही परिवर्तन नगरिएको र त्यहाँ नक्शाङकन गरिएको भूमि भारत कै भएको बताएका छन् । नेपाल भारतबीचमा भएका सिमा सम्बन्ध...