असममा दशौंहजार नेपालीहरु पनि राज्यविहिन हुने खतरामा ।

भारतको असम राज्यमा प्रकाशित दोस्रो नागरीक सूचि NRC मा दशौं हजार भारतीय नेपालीहरुको नाम नपरेको थाहा भएको छ । पुरुषहरुको तुलनामा अधिकांश छोरी र बुहारी नाताका महिलाहरुको नाम नपरेको जनाईएको छ । यसैबीच उच्च अदालतले नेपालीहरु गैरमतदाता नभएको बताएको छ । यो भन्नुको अर्थ जो भारतीय नागरिकको सूचिमा छन् तिनको समस्या भएन, नभएकाहरु भारतीय नागरिकतासंग सरोकार नभएका सन् १९५०को नेपाल भारत सन्धि अन्तरगत आसाममा बसोबास गरेका नेपालका नागरिक हुन् भनेको हुन सक्दछ । भारतका नेपालीहरुलाई पनि नेपालकै हुन् भनिएको हो भने यो आपत्तिजनक हुनेछ । यसले त्यहांका नेपाली वा आफुलाई गोर्खा भनेर चिनाउन चहाने भारतिय नेपाली वा गोर्खाभाषिहरुबीच सन्त्रास फैलिएको छ । समाजिक संजालहरुमा पनि यो त्रास देखिएको छ । भारतका पूर्व राष्ट्रपति फखरुद्दीन अलिअहमद र असम विश्वविद्यालयका पूर्व उपकुलपति र वीजेपीकै एकजना नेता जस्ताको पनि सूचिमा नाम परेको छैन भने सर्वसाधारणको स्थिती के होला अनुमान गर्न गाह्रो छैन । य...