असममा दशौंहजार नेपालीहरु पनि राज्यविहिन हुने खतरामा ।


            भारतको असम राज्यमा प्रकाशित दोस्रो नागरीक सूचि NRC मा दशौं हजार भारतीय नेपालीहरुको नाम नपरेको थाहा भएको छ । पुरुषहरुको तुलनामा अधिकांश छोरी र बुहारी नाताका महिलाहरुको नाम नपरेको जनाईएको छ ।
 यसैबीच उच्च अदालतले नेपालीहरु गैरमतदाता नभएको बताएको छ । यो भन्नुको अर्थ जो भारतीय नागरिकको सूचिमा छन् तिनको समस्या भएन, नभएकाहरु भारतीय नागरिकतासंग सरोकार नभएका सन् १९५०को नेपाल भारत सन्धि अन्तरगत आसाममा बसोबास गरेका नेपालका नागरिक हुन् भनेको हुन सक्दछ ।


          भारतका नेपालीहरुलाई पनि नेपालकै हुन् भनिएको हो भने यो आपत्तिजनक हुनेछ । यसले त्यहांका नेपाली वा आफुलाई गोर्खा भनेर चिनाउन चहाने भारतिय नेपाली वा गोर्खाभाषिहरुबीच सन्त्रास फैलिएको छ । समाजिक संजालहरुमा पनि यो त्रास देखिएको छ । भारतका पूर्व राष्ट्रपति फखरुद्दीन अलिअहमद र असम विश्वविद्यालयका पूर्व उपकुलपति र वीजेपीकै एकजना नेता जस्ताको पनि सूचिमा नाम परेको छैन भने सर्वसाधारणको स्थिती के होला अनुमान गर्न गाह्रो छैन । यसले विषयको गम्भिरतालाई दर्शाउंछ ।       

उसो त आफ्ना प्रमाणहरु पेशगरि पुनरावेदन गर्ने अझै एउटा अवसर दिईएको छ । त्यसले पनि समस्याको उचित छिनोफानो गर्नेछ भनेर ढुक्क पर्ने स्थिती छैन । प्रकृयाले पूर्णता पाउन अगावै यस सवाललाई लिएर राजनीतिक बहस शुरु गरिएको छ । राजनीतिक स्वार्थका साथ चल्ने हुरीले समस्यको समाधानलाई कुन दिशामा पुर्याउने हो भन्न गाह्रो छ ।     

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष