ओलीको भारत भ्रमण: उच्च सम्मान भित्र लुकेको आशंका
प्रधानमंत्री केपी शर्मा ओली लगभग त्रिपन्नजना सम्मिलित भ्रमण टोलीको नेतृत्व गर्दै आज चैत्र तेईस गते दिल्लीको ईन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा नेपाली विमानबाट ओलिएका छन् । त्यहा पुग्दा उनलाई सरकारका दोस्रो वरियताका गृहमंत्री राजनाथ सिंह ले स्वागत गरेका थिए । यो आतिथ्यलाई पूर्वप्रधानमंत्री गिरिजाप्रसाद कोईराला पछि भारत ले नेपाली प्रधानमंत्रीलाई दिएको उच्च सम्मानका रुपमा हेरिएको छ । स्वर्गीय गिरीजाप्रसाद कोईराला भारत भ्रमणमा जांदा भारतका तत्कालिन प्रधानमंत्री मनमोहन सिंह आफै विमानस्थलमा स्वागत गर्न पुगेका थिए । आज पहिलो दिन प्रधानमंत्री ओलीले मुख्यरुपमा विजिनेस फोरममा भारतका उद्यमी र लगानीकत्र्ताहरुलाई भेटेका छन् । सो फोरमलाई सम्बोधन गर्दै प्रधानमंत्रीले नेपालमा लगानीका लागी आहवान गर्दै नेपालमा विदेशी लगानीलाई पनि उपयुक्त सुगमता दिने प्रतिवद्धता धरै पटक दोहो¥याए । भारतीय लगानीकत्र्ताहरुले पनि आफ्ना जिज्ञासाहरु राखेका थिए । अर्को महत्वपूर्ण कुरा आजै अप्रत्यशित रुपमा दुई प्रधानमंत्रीहरु बीच एकान्त वार्ताक...