ओलीको भारत भ्रमण: उच्च सम्मान भित्र लुकेको आशंका

    प्रधानमंत्री केपी शर्मा ओली लगभग त्रिपन्नजना सम्मिलित भ्रमण टोलीको नेतृत्व गर्दै आज चैत्र तेईस गते दिल्लीको ईन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा नेपाली विमानबाट ओलिएका छन् । त्यहा पुग्दा उनलाई सरकारका दोस्रो वरियताका गृहमंत्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

 यो आतिथ्यलाई पूर्वप्रधानमंत्री गिरिजाप्रसाद कोईराला पछि भारतले नेपाली प्रधानमंत्रीलाई दिएको उच्च सम्मानका रुपमा हेरिएको छ । स्वर्गीय गिरीजाप्रसाद कोईराला भारत भ्रमणमा जांदा भारतका तत्कालिन प्रधानमंत्री मनमोहन सिंह आफै विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।
     आज पहिलो दिन प्रधानमंत्री ओलीले मुख्यरुपमा  विजिनेस फोरममा भारतका उद्यमी र लगानीकत्र्ताहरुलाई भेटेका छन् । सो फोरमलाई सम्बोधन गर्दै प्रधानमंत्रीले नेपालमा लगानीका लागी आहवान गर्दै नेपालमा विदेशी लगानीलाई पनि उपयुक्त सुगमता दिने प्रतिवद्धता धरै पटक दोहो¥याए । भारतीय लगानीकत्र्ताहरुले पनि आफ्ना जिज्ञासाहरु राखेका थिए ।
      अर्को महत्वपूर्ण कुरा आजै अप्रत्यशित रुपमा दुई प्रधानमंत्रीहरु बीच एकान्त वार्ताको कार्यक्रम राखिएको सुचना पनि आएको छ । यो सुचनाको पुष्टि नेपाली पक्षले गरेको जनाइएको छ । यो वार्तामा के विषयमा छलफल हुने हो भन्ने खुलाईएको छैन । यसलाई भारतले नेपाललाई आत्मियता र सदाशयता प्रदशर्न गर्न खोजेको अर्थमा पनि लिइएको छ भने कतिपयले यसलाई दुई प्रधानमंत्री बीच घनिष्टता देखाउने प्रयासका रुपमा पनि अथ्र्याएका छन् ।
     भ्रमणको यो रमाईलो पाटो भन्दा बाहिर एकखालको आशंका पनि रहेको अनुभव गरिंदै छ । भारतले चीनले लगानी गरेका जलविद्युत आयोजनाहरुको विद्युत नकिन्ने तर्क दिने तयारी गरेको भन्ने पनि बुुझिएको छ । पुष्पकमल दाहाल प्रधानमंत्री हुदा बुढीगण्डकी जलविद्युत योजना निर्माणको ठेक्का चिनिया कम्पनीलाई दिईएको थियो । शेरबहादुर देउवा प्रधानमंत्रीत्वकालमा त्रुटीहरु देखाऊदै त्यसलाई खारेज गरिएको थियो ।

 केही समय पहिला चाईनाको एउटा पत्रिकालाई प्रधानमंत्री ओलीले लिएको अन्तरवार्तामा पुन सो योजना निर्माणको जिम्मा चिनियाहरुलाई दिन सकिने आशय व्यक्त गरेका थिए । यो कुराले भारतीय मिडियामा समेत निक्कै प्रचार पाईरहेको छ । यो कुरालाई भारतिय पक्षले कसरी अभिव्यक्त गर्छ वा गर्दैन भोलिको दिन पर्खनै पर्ला ।                                                                                       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष