संदेश

biswa aarthik manch लेबल वाली पोस्ट दिखाई जा रही हैं

प्रधानमंत्री ओली विश्व आर्थिक मंचमा: प्रचार भन्दा कम उपलब्धिको संभावना

चित्र
बाबुराम पौड्याल नेपाल का प्रधानमंत्री खड्गप्रसाद ओली लाई वर्षेनी स्वीजरल्यण्ड को डाभोस मा यही माघ ८ गतेदेखि हुनगैरहेको विश्व आर्थिक मंच को बैठकमा भागलिन निम्तो पठाइएको छ । नेपालका प्रधानमंत्रीलाई यसरी भागलिन निम्तो दिईएको मंचको झण्डै पाँच दशकको ईतिहासमा यो पहिलो पटक हो । यसर्थ यो भ्रमणबारे देशभित्र निक्कै चासो देखाईएको छ ।  अहिलेको विश्व आर्थिक मंचको स्थापना उदारवादी अर्थतन्त्रका पक्षपाती धनाढ्य देश र निजी क्षेत्रका ठुला करपोरेटहरुको अनुभव साटासाट गर्ने र नयाँ आवश्यकताहरुवारे छलफल र बहस गर्ने उद्देश्यले सन् १९७१मा युरोपियन म्यानेजमेन्ट फोरमका नामबाट गरिएको थियो । सन् १९८७मा मात्रै यसलाई विश्व आर्थिक मंच नामाकरण गरियो ।  यसको आलोचना गर्नेहरुको संख्या पनि विश्वमा ठुलै छ । विगतमा यो बैठक आयोजना भैरहेको बेलामा बाहिर डावोसमा ठुलै जनसमुहले भिन्दाभिन्दै वा एकात्मकरुपले विरोधप्रदर्शन गर्ने गरेका छन् । यसबैठकले नीति नै पारित गर्ने काम त गरेको देखिंदैन तर पनि तत्सम्बन्धी विचारको मन्थन गर्ने काम भने गर्दछ । सहभागीहरुकाबीचमा आवश्यकता अनुशार दुई वा बहुपक्षिय सरसहयोगबारे ...