चिनिया राष्ट्रपति सी भारत हुँदै नेपालमा

चिनिया रास्ट्रपति सी जिम्पिंग र भारतीय प्रधानमन्त्री मोदी को अनौपचारिक शिखर वार्तापछि हुने नेपाल को राजकीय यात्रा नेपालकलागी महत्वपूर्ण हुने ठानिएको छ। चिनिया राष्ट्रपति सी जिम्पिङ यही अक्टोबर ११ शुक्रवार तीन दिने हिमालपारीका दुई छिमेकी देशहरुको भ्रमण गर्ने छन् । उनि बेईजिङबाट दक्षिण भारतको महाबलिपुरम् पुग्ने छन् । त्यहाँ भारतीय प्रधानमंत्री नेरन्द मोदीसंग उच्चस्तरीय अनौपचारिक वार्ता गर्ने छन् । त्यसपछि १२ अक्टोबरका दिन नेपालको राजधानी काठमाण्डौ आउने छन् । नेपालको उनको यात्रा भने राजकीय हुनेछ । अक्टोबर १२ र १३ तारिखमा उनले नेपालमा उच्चस्तरिय भेटघाट गर्ने छन् । नेपाल लामो समयदेखि उच्चस्तरिय चिनियाँ नेतालाई स्वागत गर्न आतुर देखिंदै आएको छ । यो भेटघाटका अवसरमा विभिन्न दुईपक्षीय महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर हुने बताईएको छ । सीको स्वागतकालागि काठमाण्डौमा भव्य तयारी गरिएको छ । कतिपय विष्लेशकहरु सीको नेपाल भ्रमणले नेपालको विकासमा मात्र होईन कुटनीतिलाई समेत प्रभावित गर्ने बताउँदछन् । सीको भ्रमणले नेपाललाई चीनतिर ढल्केको संकेत दिने र त्यसले भारत अमरीका ...