संदेश

पूर्वोत्तरभारतका लेबल वाली पोस्ट दिखाई जा रही हैं

पूर्वोत्तरभारतका नेपालीहरु —९

चित्र
बाबुराम पौड्याल सन् १९०१ को असम गजेटियर्समा लुशाईहिल्स खण्डमा मणिपुर,चिटागाऊंका पहाडहरु नाघेर धेरै मानिसहरु लुशाईपहाड -अहिलेको मिजोरम_ तिर पसेको र तिनीहरुमा सबैभन्दा धेरै नेपालबाट आएका मानिसहरु थिए भनेर लेखिएको छ । त्यस्तै दरं जिल्लामा प्रसस्तै पशुपालक,काठ चिर्ने आरावाल र खोटो संकलन गर्ने नेपालीहरु थिए । गोहपुर र विहालीतिर भने खेती गर्ने नेपालीहरुको बसोबास रहेको थियो ।  बितेको शताब्दिको शुरुआतसम्म पूर्वाेत्तर भारतका धेरैजसो ठांऊहरुमा गैरसैनिक नेपालीहरुको बसोबास थियो । यहां उनिहरुको उपस्थिती शान्ति सुरक्षा र विकासका पूर्वाधार निर्माण दुवैका दृष्टिले अपरिहार्य हुन गयो । नेपालीहरुमा विस्तारै बढ्दै गएको राजनीतिक चेतना र भारतमा उपनिवेशवादी अंग्रजी शासनबाट मुक्त हुने चाहनाको प्रभावसंगै त्यहांका नेपालीहरुमा जागरण आएको देखिन्छ । यसरी अंग्रेजहरुको पक्षमा यतिबेलासम्म सेनाका रुपमा काम गर्दै आएका नेपालीहरुको मूलधार अब भने भारतीय स्वतन्त्रता आन्दोलनको समर्थन गर्ने वैकल्पिक धारको रुपमा भारतभरि विभिन्न ढंगले विकसित भैरहेको थियो ।  वीरता र पराक्रमको प्रारम्भिक समय अब फौजको...

पूर्वोत्तरभारतका नेपालीहरु—७

चित्र
मेजर अल्वान विल्सनले History Of 8th Gurkha Rifles 1st Battalionमा उल्लेख गर्छन्, सन् १८४५मा खासीपहाडको उम्बाई भन्ने ठाऊंमा रेजिमेन्टको चौकी, सुबेदार देउराज आलेको नेतृत्वमा स्थापना गरिएको थियो । मणिपुर को यूद्ध                                                                    राज्यमा सिमाहरु अस्थिर रहेको त्यो समयमा नेपालीहरुले साम्राज्यवादी अंग्रेजका पक्षमा युद्ध गर्नुलाई आजको आंखाले मात्रै हेर्ने हो भने नकारात्मक व्याख्या गर्न पनि सकिएला तर त्यस समयको वस्तुस्थितीलाई विचार नगरीकन यस्तो निष्कर्श निकाल्न’ इतिहासप्रतिको अन्याय हुनसक्छ । स्वतन्त्र नेपालका नागरीकहरु अर्को देशको सेनामा भर्ना हुनु कलंकको विषय हो । तर, त्यो समयसम्म एउटा राज्यको आम नागरीक अर्को देशमा बसाई सर्न र सैनिक हुनजाने कुरा नौलो थिएन । शासनसंग नजिक रहेका उच्च वर्गीय संभा्रन्तहरुलाई भने त्यति सहज नहुन सक्थ्यो ।  नेपालीहरुले प...

पूर्वोत्तरभारतका नेपालीहरु—६

                                                                बाबुराम पौड्याल  सन् १८२४ तिर गठन भएको १६औं सिलहाट लोकल बटालियन र सन् १८३५मा गठन भएको द आसाम सिबुण्डी कप्र्स् पूर्वोत्तर क्ष्ोत्रमा त्यसबेलासम्मका अंग्रजी सेना हुन् जसलाई पछि आएर ८औं गोर्खा राईफलस्का नामले चिनियो । यस क्षेत्रलाई जित्न भन्दा पनि शासन गर्न गाह्रो थियो । समग्र पूर्वोत्तरक्षेत्र त्यतिबेला घना जंगलले भरिएको र पछौटे अवस्थामा रहेका जंगलमा आश्रित विभिन्न जनजाती तथा आदिवासीहरुको बाहुल्यता रहेको हुंदा अंगे्रजहरुलाई प्रशासनिक रुपले आफ्नो पकड कायम राख्न पनि बाटाघाटो पुलपुलेसाहरुको निर्माण गर्न निकै ठूलो चुनौति थियो । यो समस्या समाधान केवल नेपालीहरुबाट मात्रै हुने निष्कर्श अंग्रेजहरुको थियो र उनिहरुलाई यसकार्यमा खटाए ।  धेरैजसो भारतीय इतिहासकारहरु अंग्रेजहरुले यसो गर्नका पछाडि यस क्षेत्रका जनताको विकास भन्दा पनि यहां रहेको प्रकृतिक सम्पदाको दोहन...