संदेश

यौनहिंसा लेबल वाली पोस्ट दिखाई जा रही हैं

लैंगिक हिंसा पिडित नारीहरुको अभियान “ मि टु”

चित्र
तराना बुर्के   आजभोलि आफ्नो विगतमा विभिन्न पुरुषहरुबाट कार्यक्षेत्रहरुमा जबरजस्ती यौन हिंसा मा पारिएका नारीहरुको अन्तरआत्माको आवाज बन्दै गएको छ— मि टु अभियान । यसले अमेरिकाको सिमा नाधेर विश्वव्यापि रुपलिंदै गैरहेको छ । यसले वर्तमान भन्दा पनि उनिहरुका जीवनको कुनै मोडहरुमा घटेका घटनाहरुलाई सतहमा ल्याउन प्रेरित गरिरहेको छ । आफुले विगतमा भोगेका यस्ता डरलाग्दा घटनाहरुले अहिले पनि झस्काउने गरेको र तिनीहरुलाई सकेसम्म विर्सने असफल प्रयास गर्दैआएको तर यतिबेला मि टु अभियानले पिडा बिसाउन हौसला दिएको बताएका छन् । यो अभियानले त्यसबेलाका पिडक भनिएकाहरुलाई पनि अप्ठ्यारोमा पारेको छ ।  मि टु को अर्थ आफु पनि कार्य क्षेत्रमा आफ्ना सहकर्मी, हाकिम अथवा मालिकहरुबाट यौन हिंसा परेको भन्ने हो । हर्बे बेन्सटिन    अहिले यो अभियानमा विभिन्न क्षेत्रमा प्रतिष्ठित महिलाहरुले ठूलो सहभागिता देखाईरहेका छन् । शिक्षित, घरानिया उच्चपदस्थहरुबाट नै यस्ता घृणित घटनाहरु घटाईएको देखिएको छ । यसबाट कार्यक्षेत्रहरुमा पनि महिलाहरुमाथि हुने यौनजन्य हिंसाको स्थिती भयावह रहेको देखिएको छ । यसले शिक्...