संदेश

झुठासुचना# कोरोना लेबल वाली पोस्ट दिखाई जा रही हैं

गलत र भ्रमक सुचनाको संक्रमण कोरोना संक्रमण भन्दा कम डरलाग्दो छैन

चित्र
चीनदेखि अमेरीकासम्म लाख भन्दा बढी मानिसहरुको कोरोना महामारीबाट मृत्यु भैसकेको छ ।  बीस लाख भन्दा बढी संक्रमित छन् । यो संख्या दु्रत गतिमा बढीरहेको छ । संवेदनाको यो समयमा भ्रामक र झुठा सुचना हरु प्रवाह गर्नेहरु मानविय सम्वेदना विरोधी नै हुन् । यतिबेला दुनियाँ कोरोना महामारीको संक्रमणले मात्र आक्रान्त छैन यसैको आडमा झुट्टा र प्रायोजित सुचनाहरुको डरलाग्दो प्रवाहले पनि आक्रान्त छ । यस्ता सुचनाहरु आक्रामक र उत्तेजनक ढंगबाट आईरहेका हुन्छन् जसले समाजमा अन्धाहरुको भीड मात्र जन्माउँ छ । सामाजिक संजालमा देखिने यस्तो फोहोरले न त रचनात्मक बहस चलाउन नै मद्दत गर्दछ न समस्याको उचित निचोड नै देखाउन सक्दछ । यो तह आफु नै यस्ता गलत सुचनाको जनक भने होईन यो भन्दा माथिल्लो तहको गलत र उत्तेजक सुचना प्रवाहको प्रभावमा परेर यसले त्यस्ता सुचनाहरुलाई केवल भाईरल बनाउने काम मात्र गर्दछ । यो भाईरल नै अर्को संक्रमण हो ।    यसकार्यमा संलग्नहरु दुई किसिमका देखिन्छन् । पहिलो आयआर्जनका ध्येयले संजाल प्रयोग गर्नेहरु र दोस्रो उत्तेजनाको चिलाई मेटाएर आनन्द मनाउन संजाल प्रयोग गर्नेहरु । सुचना...