संदेश

आन्दोलनको लेबल वाली पोस्ट दिखाई जा रही हैं

प्रचण्ड किन बम्किदै छन

चित्र
नेपाल कम्युनिष्ट पार्टी भित्र भेनेजुएला प्रकरण ले खैलाबैला चलेको छ । अध्यक्ष प्रचण्ड ले अर्का अध्यक्ष तथा प्रधानमंत्री केपी ओली विश्वआर्थिक मंचको सम्मेलनमा डाभोसबाट फर्किनसक्दै भेनेजुएलामा बाहिरी शक्तिहरुले हस्तक्षेप गर्नलागेको भन्दै त्यसको विरोधमा वक्तव्य निकालेका थिए । अमेरीका लगायतका देशहरुले त्यहाँका विपक्षी नेताले आफुलाई राष्ट्रपति घोषित गरेपछि तिनलाई समर्थन गरेका छन् । यसले नेकपाभित्रका पूर्वमाओवादी खेमाबाट गुम्सिएको असन्तुष्टि समेत सतहमा छताछुल्ल भएर सतहमा पोखिएको छ वक्तव्यमाथिको प्रतिक्रिया नेपाल अमेरीकाको संम्बन्धका दुईवटा परस्पर स्वार्थहरु छन् । पहिलो, अमेरीका दक्षिण एशियामा आफ्नो रणनीतिक उपस्थितीकालागि नेपालमा आफ्नो प्रभावको आकाँक्षी रहँदै आएको छ ।  दोस्रो, तिब्बत कब्जागरेको चीन र सिक्किमलाई आफुमा विलय गरेको भारतको माझमा रहेको सानो देश नेपालले अमेरीकाको उपस्थितिले आफु सुरक्षित हुने बुझाई राख्दै आएको हो । यस दौरान अमेरीकाले नेपालमा महत्वपूर्ण आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । उसले नेपाललाई चीनतिर ढल्किनबाट रोक्ने प्रयास पनि गदै आएको छ ।     ...