संदेश

सम्मेलन लेबल वाली पोस्ट दिखाई जा रही हैं

लगानी सम्मेलन : वातावरण अझै चुनौतिपूर्ण

चित्र
        चैत्र सोह्र गते काठमाण्डैमा दुईदिने लगानी सम्मेलन सम्पन्न भएको छ। यसकालागि सरकारले पहिलेदेखि नै गरिरहेको थियो । सम्मेलनमा १७खर्ब ३० अर्ब लगानी प्रस्ताब भएको छ। सरकारले यसलाई उत्साहप्रद भनेको छ। लगानी कर्ताहरुलाई नेपाल अब अशान्त देश रहेन र यहाँ लगानीको सुरक्षा हुने वातावरण छ भनेर लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयासमा सरकार गरिरहेको थियो।  प्रधानमंत्री केपी शर्मा ओलीद्वारा उदघाटन गरिएको  यो सम्मेलनमा चालिस देशका ६ सयभन्दा बढी लगानीकताहरुको सहभागिता हुने बताईएको थियो । चीनबाट आउनेहरुको संख्या सबैभन्दा बढी देखिएको छ । विगत केही वर्षहरुदेखि नेपालप्रति चीनका हरेक क्षेहरुबाट उत्सुकता प्रकट गर्ने गरिएको छ ।  लगानी सम्मेलनकै अवसर पारेर नेत्रविक्रम चन्दको माओवादीले सरकारले आफ्नोनो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्ताहरुलाई धरपकड गरेको विरोधमा सोह्रगते नेपाल बन्दको अपिल  गरेर सरकारलाई अप्ठारोमा पार्ने प्रयास गरेको थियो । यतिखेर विभिन्न तहका विद्यार्थीहरुको परिक्षा पनि धमाधम चलिरहेका छन  । ती विद्यार्थीहरुलाई बन्दले प्रभ...