लगानी सम्मेलन : वातावरण अझै चुनौतिपूर्ण

       
चैत्र सोह्र गते
काठमाण्डैमा दुईदिने लगानी सम्मेलन सम्पन्न भएको छ। यसकालागि सरकारले पहिलेदेखि नै गरिरहेको थियो । सम्मेलनमा १७खर्ब ३० अर्ब लगानी प्रस्ताब भएको छ। सरकारले यसलाई उत्साहप्रद भनेको छ। लगानी कर्ताहरुलाई नेपाल अब अशान्त देश रहेन र यहाँ लगानीको सुरक्षा हुने वातावरण छ भनेर लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयासमा सरकार गरिरहेको थियो। 
प्रधानमंत्री केपी शर्मा ओलीद्वारा उदघाटन गरिएको  यो सम्मेलनमा चालिस देशका ६ सयभन्दा बढी लगानीकताहरुको सहभागिता हुने बताईएको थियो । चीनबाट आउनेहरुको संख्या सबैभन्दा बढी देखिएको छ । विगत केही वर्षहरुदेखि नेपालप्रति चीनका हरेक क्षेहरुबाट उत्सुकता प्रकट गर्ने गरिएको छ । 

लगानी सम्मेलनकै अवसर पारेर नेत्रविक्रम चन्दको माओवादीले सरकारले आफ्नोनो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्ताहरुलाई धरपकड गरेको विरोधमा सोह्रगते नेपाल बन्दको अपिल  गरेर सरकारलाई अप्ठारोमा पार्ने प्रयास गरेको थियो । यतिखेर विभिन्न तहका विद्यार्थीहरुको परिक्षा पनि धमाधम चलिरहेका छन  । ती विद्यार्थीहरुलाई बन्दले प्रभावित गर्ने थियो   । माओवादीलाई गलाउन कडाईसाथ प्रस्तुत भएको सरकारलाई जबाफ दिने यहि मौका रोजेका थिए ,  विप्लवले ।  तर, चौतर्फी बंदको विरोध भएपछि स्थगित गरिएको छ ।  

            नेपालमा लगानीको अर्थ

विदेशी लगानीवारे नेपालमा अनौठो सोचाई रहेको पाईन्छ । सरकारहरुको सफलता पनि बढी विदेशी लगानी भित्रिनुलाई मान्ने गरिन्छ । विदेशी लगानीको महत्वपूर्ण पक्ष भनेको त्यससंग आउने प्रविधि हो । तर, त्यससंग आउने शर्तहरु भने नेपाल जस्तो देशकालागि अक्सर घातक हुने गर्दछन  । नेपालमा भैरहेको लगानी समेत  जोखिममुक्त देखिंदैन । ससाना लगानीहरु पनि चर्को ब्याज र मन्दीका कारण जोखिममा छन  । विभिन्नखाले जोखिमका कारण भएको पुंजी पनि लगानीमा जानुको सटटा बैंकमा जम्मा हुने वा अन्य अनुत्पादनशील क्षेत्रमा गैरहेको छ । यसलाई उपयोग हुने वातावरण मिलाउनु सबैभन्दा उपयुक्त बाटो हो । त्यसैले कुनै सरकारको सफलता असफलताको मापदण्ड विदेशी लगानी आउनुमात्रै होईन ।

नेपालमा लगानीकालागि संभावना रहेको पहिलो क्षेत्र भनेको जलविद्युत नै हो । यसपटक सरकारले जलविद्युत विकासकालागि १२ खर्ब रुपैयाँ जुटाउन प्रयास गर्ने जनाएको छ । यसबाहेक पनि लगानीको प्रतिबद्धता सम्मेलनमा भएपनि प्रतिबद्धता अनुशार नै लगानी आईहाल्ला भन्ने ग्यारण्टि भने हुँदैन ।

            लगानीकालागि चुनौतीहरु       

नेपाल भ्रष्ट प्रशासनतंत्रका निम्ति बदनाम देश भएको छ । लगानीकर्ताहरुलाई हरेक ठाँऊमा कानुनी अप्ठराहरु देखाएर ढिला सुस्ती गरेर मानसिक यातना दिने प्रवृती छ । नेपालको प्रशासनिक शंयन्त्र लगानी मैत्री छैन । त्यसलाई दुरुस्त बनाउनुको साटो राजनीतिक शंयन्त्र प्राश्रय दिन तल्लीन रहेको देखिन्छ । ससाना करदाताहरुलाई कडाई गर्ने तर ठूला र सेटिङ मिलेका करदाताहरुलाई भारी छुट दिने कार्य यहाँ भैरहेको समाचारमा पढन पाईन्छ । कर कार्यलयमा करतिर्न जाने करदाताहरु दिनभरि लाईनमा बस्न वाध्य पार्ने काम यहाँ भैरहेको देखिन्छ ।
      
नेपाल आफैमा सानो देश हो । त्यसैले कुनै उत्पादनमुखी ठुलो लगानीलाई आफै खपत गर्न सक्ने बजार भने नेपाल होईन । नेपालका दुई विशाल छिमेकी भारत र चीन भने विश्वका ठुला बजार हुन  । तिनीहरुसंग आयात निर्यातमा नितीगत सहजीकरण गर्ने हो भने नेपालमा वैदेशिक लगानीको संभावनाको एउटा ढोका खुल्न सक्छ । अहिले दुवै छिमेकीहरुसंग नेपालको सम्बन्ध सामान्यस्तरमा रहेको देखिएपनि विभिन्न स्वार्थहरुको खेल मैदान बन्दै आएको देशमा स्वार्थमा थोरै आधात भएपनि असहिष्णु बन्ने स्थिती कायम नै छ ।

नेपालमा लगानीको निम्ति अनुकुल भनेर सस्तो श्रमलाई पनि मानिदै आएको छ । तर, नेपाली श्रमको पहिलेको जस्तो स्थिर स्थिती अहिले छैन । नेपाली श्रम विगतमा चल्दै आएको अशान्ति र अस्थिरताले गर्दा विदेशतिर पलायन हुने प्रवृतीबाट ग्रसित छ । त्यसलाई तत्काल नेपालमा नै रोकिने अवस्थामा ल्याउन सक्ने संभावना छैन । तल्लोस्तरको श्रम खाडी, कोरिया, मलेशियातिर पलायन भैरहेको छ । त्यसमााथि अब जापान पनि गन्तव्य बन्दै छ । त्यस बाहेकको श्रम अमेरिका , अष्ट्रेलिया, कनाडातिर गैरहको छ । गाऊँघरतिरबाट युवाहरुको पलायनले कृषियोग्य जमिनहरु बाँझो रहेको कुराले यो तस्विर देखाऊछ । श्रम भएर पनि नेपाल श्रममा पनि दयनिय हालतमा छ यतिखेर । श्रम पलायनलाई दुई चार वर्षमा रोक्न सकिंदैन । त्यसको निदानकालागि दीर्धकालिक नीतिको आवश्यकता छ ।

नेपालमा अर्को डरलाग्दो समस्या भनेको अराजकता हो । यसमा धेरै विकृतिहरुले खेल्ने मौका पाउँदै आएका छन  । कुनै पनि समस्याको निदान होहल्ला नारा जुलुस बन्द जस्ता कुराबाट मात्र पाईन्छ भन्ने घातक मानसिकताले लगानीलाई पनि प्रभावित पार्ने नराम्रो प्रचलन छ । योजनास्थलमा चन्दा अनावश्यक माग र दबाव दिएर हैरान पार्ने कुरालाई रोक्न जरुरी छ ।                

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष