एमाले फुट्न सक्ने प्रबल संभावना
यतिबेला प्रचण्डको साथ लिएर नेकपाका एक अध्यक्ष तथा प्रधानमंत्री ओलीलाई पार्टीभित्रका कमेटीहरुमा रहेको आफ्नो बहुमतको बलमा सरकार र पार्टीबाट निष्काशन गर्ने र उनको राजनीतिक जीवन नै सिद्धाउने प्रयासमा लागेका माधव नेपाल समुहका नेताहरु अदालतको फैसलाले नेकपा खारेजीमा परेपछि केपी नेतृत्वको नेकपा एमालेमा फर्कन वाध्य भएका छन् । नेपाल समूहको यो वापसी वास्तवमै हृदय विदारक जस्तो देखिने मात्र होईन नेकपाको अराजक गुट–संघर्षको रोग एमालेमा सर्ने निश्चित जस्तै देखिंदै छ जसको एकसूत्रिय उद्देश्य ओलीलाई सिद्धाउने नै हुनेछैन भन्न गाह्रो छ । नया परिस्थितिमा ओलि क्यम्पमा आउने एमालेहरुले आफुहरुलाइ परिवर्तित गर्न आवश्यक छ । ओलिले पनि उनिहरुलाइ उदार भयेर अपनाउने मार्ग समात्नु पर्थ्यो तर ओलिले प्रतिशोध लिने देखिएको छ । ओ लीतिर रहेका माओवादीका नेताहरु भने हिम्मतका साथ भनिरहेका छन् – बरु पद जा...