एमाले फुट्न सक्ने प्रबल संभावना
माधव नेपाल, झलनाथ खनाल, भिम रावलले अब प्रधानमंत्री तथा पार्टी अध्यक्ष ओलीलाई नै सघाउने बताईसकेका भएपनि उनिहरुको सामीप्यता माओवादी केन्द्रसंग बढी हुने देखिएको छ । यसलाई एमाले र माओवादी दुवै पार्टीलाई पुनरएकिकरण गर्ने ध्येय राखेको बताईदैछ । त्यस्तो एकिकरणले आफुलाई फेरि अल्पमतमा पुर्याएर उल्झनमा पार्ने बुझाई ओलीको छ । माधव गुटले एमालेमा फर्किने घोषणा गरेपछि पनि आफ्नो गुटको जमघट गर्दै आएको छ । त्यसले पनि शंकाको घनत्व बढेको देखिन्छ । प्रधानमंत्रीका प्रेस सल्लाहकार सूर्य थापाले त आउने साथीहरुलाई पेरिसडाँडाबाट भारी बोकेर नआउन तीखो चेतावनी समेत दिएका छन् ।
सँधै टिप्पणी गरिहल्ने बानी भएका ओलीले भने माधव गूटको आगमनलाई त्यति महत्व दिएको देखिंदैन । बालुवाटारको नजिकको स्रोतका अनुशार अवसर आउँदा एमालेको नेपालपक्षले अप्ठ्योरोमा ओलीपक्षको पीठमा छुरा हान्न पछि नपर्ने आँकलन बालुवाटारको छ । विगतमा स्वस्थ्य बहसको संस्कृतिबाट पुरै च्यूतभएको व्यक्तिवादी गालीगलौज अर्नगल आरोप प्रत्यारोपले गर्दा हराएको विश्वासलाई पुनस्थापित गर्न ज्यादै कठिन छ । विगतमा नेपालकै सुव्यवस्थित मानिएको एमाले अब प्रचण्ड माओवादी केन्द्रमा गैसकेर पनि उनको अस्थिर छाँयाबाट मुक्त हुने छैन ।
ओली आफ्ना आलोचकहरुप्रति कहिल्यै नरम नहुने प्रवृतिबाट ग्रसित रहेको उनलाई चिन्नेहरु बताऊँ छन् । एउटा पार्टीको अध्यक्षका नाताले उनले उदार व्यवहार देखाउनु पर्ने हो तर माथि उल्लेख भएका कारणहरुले गर्दा पनि त्यसको संभावना निक्कै कम छ । उनले नेपालपक्षलाई भन्दा माओवादी छोडेर एमालेमा आएका वा आउनेहरुलाई बढी प्राथमिकता दिन खोजेको देखिन्छ । माओवादी पृष्टभूमिका रामबहादुर थापालाई एमालेको उपाध्यक्ष र लेखराज भट्टलाई सुदूरपश्चिमको पार्टी इन्चार्ज बनाएर अप्ठ्यारो समयमा साथ दिएको गुण तिर्न ओली इच्छुक देखिएका छन् ।
औपचारिक बैठक बोलाएर माधवपक्षसंग छलफल गर्ने तर्फ उनले चासो देखाएका छैनन् । यो नै राम्रो र सभ्यबाटो हुन सक्थ्यो तर सभ्यताका सबै सिमाहरु नाघेकाहरुबाट यो अपेक्षा अतिशयोक्ति नै हुनसक्छ । ओलीको यो रणनीति प्रचण्डलाई मात्र होईन एमालेमा माधवपक्षको स्थिति कमजोर पार्ने हो भनेर बुझ्नु बढी सान्दर्भिक देखिन्छ । तत्कालकालगि माओवादीको समर्थन मिलाएर ओलीको सरकारलाई जोगाउँदै वामपंथीहरुकै सरकारकालागि पहल गर्दै नेपालपक्षले ओलीलाई रिझाउन कोशिस गर्ने संभावना पनि देखिन्छ तर ओली इच्छुक देखिंदैनन् । बालुवाटारको श्रोतलाई उदृत गर्दै स्रोत भन्छ – जुन रोग लागेर वामपंथी वर्चस्वको सपनामा तुषरापात भयो त्यही रोग बेसाउने मुडमा ओली छैनन् । उनी विश्वासको मत लिने र असफल भए प्रधानमंत्री पदबाट राजिनामा नै दिन श्रेयस्कर हुने सोचाइमा छन् । ओली सरकार टिकाउन माओवादी केन्द्रसंग समर्थन माग्न आउलान भन्ने अनुमान विपरीत उनि जसपासंग सहकार्य गर्ने पक्षमा देखिन्छन् ।
यो परिदृश्यमा नेकपा एमाले पनि गुटको झन भयंकर टकरावको अवस्थामा पुग्ने देखिन्छ । यो टकराव पार्टीको फुटसम्म पुग्न सक्ने देखिन्छ । माधवपक्ष ओलीबाट तिरस्कृत हुँदै जाँदा उसले पार्टीमा आफ्नो वर्चस्व स्थापित गर्दै ओलीलाई अप्ठ्यारोमा पार्ने निश्चित मानिएको छ ।
नेकपा एमालेको निमार्णमा माधव नेपालको योगदान कम छैन । नेपाली राजनीतिमा समन्वयात्मक भूमिकामा अब्बल मानिएका नेता नेपाल यसपटक भने प्रचण्ड र ओलीको अन्तरविरोधमा पक्षधरता खोज्दा समयले अप्ठ्यारोमा परिदिएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.