संदेश

मालदीव लेबल वाली पोस्ट दिखाई जा रही हैं

बाहिरी शक्तिहरुका कारण श्रीलंकामा अस्थिरता,संसदमा मारामार

चित्र
बाबुराम पौड्याल नेपाल जस्तो बाह्य शक्तिहरुका स्वार्थहरुको खेलमैदान बनेर हण्डर खाईरहेको देशकालागि यतिबेला मालदीव पछि श्रीलंका अर्को उदाहरण बन्न पुगेको छ । हिन्दमहासागर लाई आफ्नो प्रभावमा कायम राख्न र फैलाउन चहाने विषेश गरी भारत र चीनका स्वार्थहरुले श्रीलंकाका राजनीतिक पार्टीहरुबीचको अन्तरविरोधको उपयोग गर्न खोजेको भनिंदै छ । यसबीच श्रीलंकास्थित भारतीय र चिनिया कुटनीतिक नियोकहरुको सक्रियता हेर्दा यो अड्कल काट्न थालिएको छ ।     दक्षिण एशियाई देश श्रीलंका यतिबेला राजनीतिक अस्थिरताको चपेटमा परेको छ ।  श्रीलंका फ्रिडम पार्टीका नेता तथा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिई २६ अक्टोबरमा युनाईटेड नेशनल पार्टीका नेता तथा बहालवाल प्रधानमंत्री रनिल विक्रमंिसंघेलाई हटाएर विपक्षी नेता पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमंत्रीमा नियुक्त गरेपछि राजनीतिक संकट गम्भिर बन्न पुगेको हो । गत चुनावमा राजपाक्षेलाई पाखा लगाएर सत्ता गठबन्धनमा रहेका पार्टीहरुबीच आएको मतभेदमा प्रधानमंत्री बिक्रमसिंघेको कार्यशैलि प्रमुख कारण रहेको फ्रिडम पार...