नयां ऐनको घोषणाले तरंग ल्यायो
- बाबुराम पौड्याल एकसय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐन को स्थानमा नयां कानुन ल्याईएको हो जसलाई यहि भदौ १ गतेबाट लागु गरिएको छ । यसलाई गत साउन २६ गते नै संसदबाट पारित भै गतवर्ष असौजमा राष्ट्रपतिबाट प्रमाणित भैसकेको छ । यसरी मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र मुलुकी फौजदारी कसुर संहिता २०७४ जारी भएका छन् । सारमा भन्ने हो भने जंगबहादुरको समयमा लागू गरिएको ऐन नै प्रत्यक्ष्य परोक्ष चल्दै आएको थियो । यसबीच यसमा सुधार ल्याउने प्रयासहरु नभएका होईनन् तर ती प्रयासहरुले...