संदेश

गिरफ्तारी लेबल वाली पोस्ट दिखाई जा रही हैं

सन्दर्भ आलमको गिरफ्तारी : राजनीति र अपराधको गठबन्धनलाई भत्काउ

चित्र
रौतहट मा बाह्र वर्षअघि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको पूर्वसंध्यामा घटेको २३ जना मानिसहरुको नृशंस हत्याका आरोपी नेपाली काँग्रेसका नेता शेखईद्रीशका भतीजा तथा वर्तमान सांसद मोहम्मद आफताव आलम को गिरफ्तारी ले सारा नेपालीलाई झस्काएको छ । उनले निर्वाचनमा त्रास देखाएर जनमत आफ्नो पक्षमा पार्न इद्रीशको एउटा घरमा भारतबाट समेत मानिसहरु झिकाएर गोप्य रुपले बम बनाऊँदै गरेको बेला दुर्घटनावश भएको बम विस्फोटमा परेर मृत र घाईते भएकाहरुलाई समेत बेहोश बनाई ईट्टा भट्टा मा लागेर जलाएको आरोप लगाईएको छ । यतिबेला पूर्व नेताहरु श्याम सुन्दर गुप्ता संजय साहले हत्या अपहरणको मामिलामा जेलमा सजाय काटिरहेका छन् । सांसद रेशम चौधरी टिकापुर काण्डको अभियोगमा डिल्ली बजार खोरमा छन् भने सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा बलात्कारको प्रयासको आरोपमा प्रहरी हिरासतमा छन् । उनले सभामुख पदबाट राजीनामा दिईसकेका छन् । अर्का नेकपा सांसद पार्वत गुरुङमाथि हत्या प्रयासको अभियोग छ । यी घटनाहरुले नेपाली राजनीति र अपराधबीचको साँठगाँठको भण्डाफोर हुने आशा पलाएको । महरा र आलम जस्ता राजनीतिका ठुला हस्तीहरुको गिरफ्तारी...