गाऊंहरुको विकास कसरी संभव होला ?
नेपालमा पछिल्ला केही दशकहरुमा ग्रामिण-विकास को नारा धेरै लोकप्रिय हुदै आएको छ । नाराको लोकप्रियताको उचाईका तुलनामा घरातलको विकासको उचाई भनें धेरै पुड्को छ । त्यो पनि दीर्धकालिक र वाताबरणमा पर्ने नकारात्मक प्रभावबारे सचेतनताविनाको छ । अझ वामपंथीहरुको बलियो देखिने सरकार आएपछि संवृद्धिकावारेमा सपना देख्ने र देखाउने खेल चर्किएको छ । केही महिनाअघि पोखरामा भेटिएका स्थानिय सरकारका केही प्रतिनिधिसंग कुराकानी गर्ने मौका मिल्यो । उनिहरु धेरै उत्साहित देखिन्थे । उनिहरुको जोश देखेर लाग्थ्यो— गाऊंको पछौटेपनका दिनहरु अब गए । ग्रामिण क्षेत्रका ति प्रतिनिधिहरुसंग मित्र दिनेशले, तपाईहरुले आफ्ना गाऊंपालिकामा विकासको मोडेल कसरी तय गर्दै हुनुुहुन्छ— भने...