संदेश

निधन लेबल वाली पोस्ट दिखाई जा रही हैं

अलविदा रवीन्द्र अधिकारी

चित्र
           नेपाल कम्युनिष्ट पार्टीका बौद्धिक युवा नेता तथा नागरीक उड्डयन मंत्री रवीन्द्र अधिकारीको फाल्गुण १५ गते बुधवार बिहान ताप्लेजुङको लिङखिम र फुरुम्बु गाऊंपालिकाको बीचमा रहेको सिस्नेखोलामा एमआई कलसाईन भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा दुखद निधन भएको छ । हेलिकोप्टरमा पाइलट बाहेक ६ जना यात्रु सबार थिए । दुर्घटनामा परी सबैको निधन भएको छ । बिहान ८ बजे तेह्रथुमको चुवानडांडामा निर्माणाधिन विमानस्थलको अवलोकन गर्न काठमाण्डौबाट यात्रुहरु लिएर हेलिकोप्टर त्यस तर्फ उडेको थियो । त्यहांबाट फर्कंदा ताप्लेजुङको दाह्रेभीरमा ठोक्कीएर यान दुर्घटनामा परेको थियो । प्रतिकुल मौसमका कारण उद्दार कार्यमा कठिनाई भएको थियो । घटनास्थलबाट छतविक्षत भएका मृत शरिर उद्दार टोलीले फेला पारेको थियो ।   मृतकहरुमा मंत्री अधिकारी बाहेक पाईलट प्रभाकर जोशी, प्रधानमंत्रीका नीजी सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्डयन प्रधिकरणका उपनिर्देशक वीरेन्द प्रसाद शेरचन, यति एयरलाईन्सका आङछिरि शेर्पा, प्राधिकरणका इन्जिनियर ध्रुबदास र सुरक्षाकर्मी अर्जुन घिमिरे रहेका छन् । ...