नेकपामा चिनिया विचारधारावारे बहसको मतलव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी , चिनिया राष्ट्रपति सी जिम्पिङले चीनलाई नयाँ दिशामा लैजान गरिरहेको प्रयासलाई सी विचारधाराका रुपमा अथ्र्याउने धुनमा लागेको भन्ने चर्चाले चारैतिर स्थान पाएको देखिन्छ । हालसालै नेकपाले आफ्ना नेता र कार्यकर्तालाई विश्वको आर्थिक महाशक्तिका रुपमा उदाउँदो चीनका वर्तमान नेता तथा राष्ट्रपति सीले आफ्नो कार्यकालमा चालेका कदमहरुलाई सैद्धांतिक रुपमा बुझ्न बुझाउन आयोजित गोष्टिमा सहभागिता जनाउन चिनिया विज्ञहरु पनि नेपाल आए । सीको बहुप्रतीक्षित नेपाल भ्रमणको संभावना बढ्दै गएको समय पारेर आयोजित यस्तो गोष्टिले तरंग ल्याउनु अस्वभाविक छैन । यो प्रयासले एकपटक फेरि नेपालमा आन्तरिक वहसको प्रारम्भ भएको मात्र नभई नेपालसंग आफ्नो स्वार्थ गाँसिएका बाहिरी शक्तिहरु समेत थप सशंकित हुने देखिएको छ । नेकपाको चीनप्रतिको झुकाउलाई कम्यूनिष्ट तानाशाही प्रवृतीका रुपमा बुझ्दै आएको प्रतिपक्षी नेपाली काँग्रेसले पनि गोष्टिप्रति आफ्नो आशंका जाहेर गरिसकेको छ ।...