संस्मरण: ढाई आखर प्रेमका

१ यो एक प्रेम अनुभूत भएको एक पटकको स्मरण ब्यक्त गर्दै छू। गर्मी यामको एक सांझ ब्रम्हपुत्र नदीको देब्रे किनारमा बसेर पानीको बहाव हेर्दै झोक्राएर बसिरहेको थिएं । संभवत यसो गर्दै म आफ्नै जीवनको गति खोजिरहेको थिएं । सांझपखको शीतलता खोज्दै वा दिनभरको व्यस्तताबाट उम्केर मन बहलाउन गुवाहाटीको पानबजार, फेन्सीबजार तिरबाट मानिसहरुको नदी किनारमा आउने क्रम बढ्दै थियो । हरेक मानिसको टा उकोमा लाङखुट्रटेको झुण्ड उडिरहेको देखिन्थ्यो । मसंग आज मंगलदोईतिरबाट यहां आएर काम गर्दै पढ्दै गरेको मुकुल कलिता थियो । उसंग मेरो हिजो मात्रै यही किनारमा चिनजान भएको थियो । आज मुकुल अलिबढी चिन्तित थियो । उ नदीको पानीमा आफ्ना दुवै खुट्टाका पाईतालाहरु डुबाएर नदीको उत्तर गुवहाटीतिर बल्न थालेका बत्तीहरु नियाली रहेको थियो । मैले उसलाई नजिकै गएर हेरें । उ रोईरहेको थियो । मैले कारण सोधेपछि उ उठ्यो र भन्यो, मसंग प्रेम गरेकी केटीले अर्कै केटासंग बिहे गरी । उसले दुवै आंखा हातले पुछ्दै भन्यो, अब म गुवाहाटी बस्दिन । यति भनेर उ हिंड्यो । यो नव परिचित साथीप्रति म दुख...