संदेश

लक्षितवर्ग लेबल वाली पोस्ट दिखाई जा रही हैं

बजेट लक्षित वर्गसम्म पुग्ल ?

आफुलाई समाजवादको लक्ष्यतिर अगाडि बढेको दावी गर्ने वामपंथीको बलियो सरकारका अर्थमंत्रीले यस वर्षको बजेट संघीय संसदमा पेश गरेपछि विभिन्न कोणबाट चर्चाहरु शुरु भएका छन् । आफूलाई विकासको निर्विकल्प संवाहकका रुपमा प्रस्तुत गर्दै आएको सरकारले ल्याउने बजेटमा धेरैले ठूलो आशा राखेका थिए । सत्तारुढ दलकै कतिपय व्यक्तिहरुले समेत बजेटप्रति निराशा प्रकट गरेका छन् । विशेषगरि सत्तारुढ दलका प्रदेश सरकारहरुबाट यस्तो निराशा व्यक्त भएको देखिएको छ । अर्थमन्त्री स्वयं पनि केही सवालहरुमा आफु चर्को राजनीतिक दवावमा परेको बताएका छन् । संघीय संसदमा नीति निमार्ण गर्न चुनिएर गएका प्रतिनिधिहरुले शक्तिशाली बनाउन खोजिएको स्थानिय निकायलाई किनारा लगाएर आफुलाई खर्च गर्न पाउने अख्तियार सहितको बजट माग गर्नु सर्वथा अनुपयुक्त हो । चुनावका बेला जनताका सामु गरिएका जायज नाजायज प्रतिबद्धता पुरा गर्न भनेर रकमको माग गरिएको छ । उनिहरुले जनता सामु असल जनताकानिम्ति नीति बनाउने र्छौ भनेर प्रतिबद्धता गर्नु पर्ने हो । जातिय राज्यहरुको  मुद्दा मत्थर पार्न र स्ांघीयता देखाउन ल्याईएको प्रदेश सरकार पनि स्थानिय सरकारलाई बलियो ब...