मिलेनियम च्यालेन्ज अनुदानः नेपाललाई तातो दुध निल्नु न आकल्नु

मिलेनियम च्यालेन्ज (एमसीसी) अनुदानले नेपाल लाई तातो दुध निल्नु न आकल्नु पारेको छ। नेपालको दुरावस्था यति धेरै छ कि यो स्थितिबाट आफैले माथि उठ्न सक्ने स्थिति छैन । त्यसैले विदेशी सहयोग स्वीकार्नुको विकल्प छैन । तर, त्यसलाई देशको पक्षमा उपयोग गर्न सकिने नसकिने ठम्म्याउन कुशलता भने देखाउनै पर्छ । देशलाई विदेशीहरुको जंजालमा हालेर पैसाको पछाडिमात्र दौडिने प्रवृत्ती आत्मघाती गोल हुनेछ । यतिबेलाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थाई समितिमा अमेरीकाले नेपाललाई दिने भनिएको ५०० मिलियन अमेरीकी डलर राशीको मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान बारे चर्को मतभेद देखिएको छ । यद्यपि यसको प्रारम्भिक सहमति सन् २०१७, १४ सेप्टेम्बरका दिन शेरबहादुर देउवा प्रधानमंत्री भएको बेला नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नासले अमेरीकाको वाशिङटन डी सी स्थित स्टेट डिपार्टमेन्ट प्रस्तावित पत्रमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर समारोहमा अमेरीकाका डेपुटी सेक्रेटरी जोन जे. सिल्भान पनि उपस्थित थिए । ...