संदेश

कोरोना # संक्रमण # युरोप लेबल वाली पोस्ट दिखाई जा रही हैं

कोरोना अपडेट : ईटालीमा कोरोना भयावह स्थिति : युरोपमा संक्रमण तीव्र

चित्र
  कोरोना चीनमा नियन्त्रणतिर झरेको छ भने युरोप तिर यसको संक्रमण मा तीव्र वृद्धि देखिएको छ । यतिबेला कोरोनाको डरलाग्दो संक्रमण इटालीले भोगिरहेको छ  । यस संक्रमणको उदगम भनिदै आएको चीन भन्दा पनि डरलाग्दो नियति भोगिरहेको छ इटाली । प्राचिन इतिहास साक्षी मानिने रोम शहर हेर्न संसारभरिका पर्यटकहरुको घुँईचो लाग्ने यो शहर यतिबेला सुनसान छ । पुरै ईटली क्वारेन्टाईनमा छ । कोरोनाबाट मर्नेहरुको कुल संंख्या ३४ सय ५ पुगेको छ । चीनको भन्दा यो संख्या २ सय ४३ ले बढी छ । यो पछिल्लो आँकडा हो । अहिले कोरोनाको संक्रमण संसारका १ सय८३ देशमा फैलिईसकेको छ ।    कोरोना  भाइरसको संक्रमण बारे आज २०मार्चका दिन विभिन्न समाचारहरुमा सार्वजनिक गरिएको अपडेट अनुशार संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा १० हजार ४ सय ४९ पुगेको छ । यस मध्ये ४सय २१ जनाको मृत्यु पछिल्लो २४ घंटामा भएको छ ।   १९ मार्चको अपडेटमा कुल संक्रमण २लाख २७हजार ५सय ७१ देखाईएको थियो भने २४ घंटामा नै त्यो संख्या बढेर २लाख ५५ हजार १सय ९४ पुगेको छ । एक दिनको फरकमा २लाख ७६हजार ७७ को कोरोना संक्रमण विश्वमा बढ...