एमसीसी आतंकमा नेपाली राजनीति भन्दा अमेरिका कम दोषी छैन
बाबुराम पौड्याल नेपाली राजनीतिक दल र नेताहरु एमसीसी जस्तो संवेदनशील मुद्दालाई प्रयोग गरेर एकअर्का विरुद्ध प्रयोग गरेर लोकप्रियता हासिल गरेर चुनाव जित्ने प्रयत्नमा छन् । जुन आत्मधाती हुनेछ । अमेरिका पनि त्यसमा कम जिम्मेदार छैन । उसले नेपालमाथि लाद्न खोजेको धाकधम्कीले नेपाली जनमानसलाई अफगानिस्तानको दुर्दशा स्मरण गराईरहेको छ नेपाललाई अमेरिकाले सन् २०१७मा नेपालका तर्फबाट हस्ताक्षर गरिएको एमसीसीलाई संसदबाट चाँडै परित गराउन दबाव तीव्र पारेपछि नेपालको राजनीतिमा आँधिबेहरी नै चलिरहेको छ यतिबेला । हस्ताक्षर हुनु अगावै लगभग चारवर्षदेखि यो सहयोग हासिल गर्न नेपालबाट कैयौं छलफल र पत्राचारहरु भैसकेका थिए । सन् २०१९मा एमसीसीलाई लागु गर्ने मनाशयले अर्को सम्झौता पनि भैसकेको छ । त्यस ...