संदेश

योग लेबल वाली पोस्ट दिखाई जा रही हैं

योगको संम्पूर्णताबारे

चित्र
      योग लहड वा आंशिक रुपमा गरिने क्रिया होईन, यो जीवन शैलिकै अंगको रुप हो । यो निरन्तरता हो  । निरन्तरताबाट मात्र योग फलित हुन सक्छ । योगमा लागेका साधकहरु मध्ये धेरैजना शारिरिक रोगहरुबाट पिडित भएर स्वस्थता खोज्न योगमा लागेको बताउने गर्दछन् । योगप्रतिको यो आग्रह पूर्ण छैन । यदि यो पूर्ण हो भने योगको महत्व चिकित्सालयमा गराईने फिजियोथेराफिसम्म सिमित हुनेछ । जुन योग होईन । पतंजलीको योग अभ्यास नेपालमा पनि आजभोलि निकै नै लोकप्रिय हुुंदै गएको छ । भारतीय योगगुरु रामदेवले यसको श्रेय पाएका छन् । यसले अब अन्तरराष्ट्रिय स्वरुप पाएको छ । तर, यसले सम्पूर्णता पाउन भने अझै धेरै परको कुरा जस्तो देखिन्छ । योगमा शहरिया महिलाहरुको आकर्षण बढी देखिन्छ । पुरुषहरुको सहभागिता धेरै कम छ । बालबालिका र किशोरहरुको संलग्नता भने अझै कम छ ।                                 यज्ञवल्क्यका भन्छन्— अथो तु परमयं धर्मो यद्योगेनात्म दर्शनम् ...