संदेश

बंगलादेशी लेबल वाली पोस्ट दिखाई जा रही हैं

अवैध बंगलादेशीलाई असमबाट फिर्ता पठाउने योजना छैन - मोदी

चित्र
भारतीय प्रधानमन्त्री मोदी र उनका सहयोगीहरूले एनआरसी को मुद्दा  उचाली उत्तेजना फैलाएर राजनीतिक हथकण्डा बनाउदै  आएका छन् । तर बाहिर जाँदा यसलाई अन्तरिक मामिला बताउने गरेका छन् ।   भारतको असम राज्यमा पछिल्लो पटक ३१ अगस्तमा प्रकाशित गरिएको अन्तिम एनआरसीले राज्यमा झण्डौ १९ लाख मानिसहरु गैरकानुनी बिदेशी रहेको देखाएको छ । यस भन्दा अघिल्लो पटक प्रकाशित एनआरसीले राज्यमा चालिस हजार गैरकानुनी बिदेशीहरु रहेको देखाएको थियो । यस अन्तिम एनआरसीमा एकलाख भन्दा बढी नेपालीहरु पनि अवैद्य विदेशीका रुपमा बाहिर परेका छन्  ।   विदेशी मानिएका मानिसहरुलाई राख्न सरकारले बन्दी गृहहरुको निर्माण गरिरहेको छ । बंगलादेशी  वा नेपालीहरु अझै तीन महिना आफुलाई कानुनी रुपले भारतीय सिद्ध गर्न नसकेमा यस्ता बन्दी गृहमा राखिने जनाईएको छ । यस्ता बन्दीगृहको स्वरुप भने चीनमा उइगुर मुसलमानहरुलाई सुधारकालागि राखिएका केन्द्रहरु भन्दा बढी तल्लोस्तरका हुने अनुमान गर्न सकिन्छ । चीनका सुधार केन्द्रहरुमा राखिएका मुसलमानहरु चिनिया नागरिक नै हुन् । चीनले गरेको यो कार्यको अन्तरराष्टिय जग...

भारत र नेपालमा राजनीतिले संकटमा पारेको नागरिकता समस्या

चित्र
बाबुराम पौड्याल                                                                                                                                             भारतको असम राज्यमा नागरिक हरुको रजिष्ट्रेशन गर्ने कार्य शुरु भएपछि मच्चिएको आतंकको भूमरीमा बंगलादेशी का नाममा बंगलाभाषी मात्र नभएर नेपालीका नाममा नेपालीभाषीहरु पनि परेपछि भारत सरकारले नेपालीहरुका सम्बन्धमा असम सरकारलाई नेपालीहरु नागरिक राजिष्ट्रेशनको प्रकृयामा नपर्ने जनाएको छ । यो स्पष्टिकरणबाट नेपालीहरुले बांगलादेशबाट आएका गैरकानुनी विदेशीकारुपमा आरोपितहरु झैं पुलिस, अदालत, र अनुसन्धानगृहमा बन्दी बन्नुपर्ने अवस्था नेपालीभाषीहर...