तराईमा उखु किसानहरुको पीडा :फेरी उधारो सहमति !

पौष १९ गते सुक्रवार सरकार उखु किसान र चिनी मिल मालिकहरू बीचको लेनदेन बारे फेरी माघ ७ गतेभित्र किसानलाई मिल मालिकहरूले बाँकी रकम भुक्तानी गर्ने भाका सहित पाँचबुंदे सहमति सरकार आफै अगाडी सरेर किसानसंग सहमति गरेको छ । सहमति विगतमा पनि भएको र मिल मालिकहरूले त्यसको उल्लंघन गरेको हुनाले यस पटकको सहमति पालन होला भनेर विश्वास गर्ने आधार भने बलियो छैन तैपनि सरकार आफैले किसानसंग सहमति गरेकोले किसान आन्दोलन स्थगित गरेका छन्। मिडियामा किसानमारा चीनी मिल मालिकहरुबाट पीडित किसानहरु पुषको जाडोमा काठमाण्डौका सडकहरुमा रुँदै संघीय सरकारसंग न्याय मागिरहेका हृदयविदारक व्यथा र तस्विरहरु धेरै दिनदेखि सार्वजनिक भैरहे । संवृद्ध नेपाल र शुखी नेपालीको अभिष्ट बताउने सरकार र पार्टीगत स्वार्थकालागि राजनीतिक मुद्दा लिएर सडकमा उत्पात मचाउनेहरु र बेलाबखत च्याऊसरी उम्रिने बानी परेका स्वनामधान्य सामाजिक अभियन्ताहरू कुन दुलोमा छन् भन्ने चर्चा सर्वत्र फैलियो । किसानले आफ्नो उत्पादनको मूल्य पाउन वर्षौदेखि सास्ती भोग्न पर्ने अवस्थाले ...