नेपालमा अर्को शरणार्थी समस्या बल्झिन सक्छ

भारत मा संशोधित नागरीकता कानुन ले उत्पन्न दबावका कारण विस्थापितहरू खुला सिमाना प्रयोग गर्दै नेपाल आउने सम्भावना छ। photo: The Deplomat भारतमा संशोधित नागरीकता कानुनको विरोधमा चलिरहेको असंतोषले छरछिमेक पनि चासो बढिरहेको । दक्षिण एशियाका देशहरु साँस्कृतिक र धार्मीक रुपले भारतसंग गहिरो सम्बन्धमा बाँधिएका छन् । राजनीतिक र कुटनीतिक रुपमा भारतसंगका सम्बन्धहरुमा उतारचढाव हुने गरेको भएपनि जनस्तरको साँस्कृतिक र धार्मीक सम्बन्ध बलियो छ । त्यसैले भारतमा अहिले देखिएको समस्यालाई त्यहाँका पक्ष विपक्षका शक्तिहरुले आपसमा समझदारीका साथ समाधान गर्न सकुन् भन्ने चाहिरहेका छन् । धार्मीक आधारमा देखिएको यो असंतोषले नेपाल जस्तो भारतसंग खुल्ला सिमाना भएको देश बढी नै जोखिममा पर्ला कि भन्ने चिन्ता गर्न थालिएको छ । नयाँ संशोधित कानुनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि उत्पिडन रहेको स्पष्ट संकेत गरेकोले ती देशहरु स्वभाविक रुपले सशंकित छन् । बंगलादेशले भारतमा ठूलो संख्यामा अवैध रुपले आएका भनिएका बंगलादेशी मुसलमानहरुलाई अन्ततः फिर्ता लैजान दबाव दिईएला भनेर सशंकित र...