संदेश

पेशागतसुरक्षाका लेबल वाली पोस्ट दिखाई जा रही हैं

यो देशमा पेशाकर्मी मात्र सडकमा, उपभोक्ताहरु खोई ?

चित्र
हरेक क्षेत्रमा पेशागत सुरक्षाका नाममा भेदन गर्नै नसकिने किल्ला खडागरेर रमाउने प्रचलन नेपालमा अहिले होईन धेरै पहिलेदेखि चल्दै आईरहेको छ । त्यस्ता किल्लाहरु खडा गरेर कतिले मोजमात्रै होईन अरुलाई धम्काउंदै साम्राज्य चलाईरहेका छन् । कोही भने त्यो महारथ गर्न नसके पनि सानो कित्तामा भएपनि आफुलाई बादशाह नै ठान्ने गरेका छन् । राजनीतिक धापकाभरमा यसरी देशमा पालिंदैआएका छोटेसरकारहरुलाई नियमकानुनका पुत्लोले छुंदैसक्दैन बरु कहिलेकंहीं त राज्यले नै उनिहरुलाई स्वास्ती चढाउने गरेको देखिन्छ । त्यसैले यस्ता मिनीसरकारहरु दायित्व कर्तव्य र नैतिकताका बन्धनहरुबाट सदामुक्त देखिन्छन् । त्यसैले यिनीहरु दादागीरी र अराजकताका बलिया खम्बा बन्दै आएका छन् । भदौ एक गतेबाट लागुभएको संहिताले आफ्ना विषयमा त्यसले निर्दिष्ट गर्न खोजेका प्रावधानहरुवारे तर्कवितर्क हुनु नराम्रो भन्न मिल्दैन ।  सबैलाई राज्यले आफ्नो सुरक्षा गरोस् भन्ने चाहनु नराम्रो होईन तर त्यसलाई एकतर्फि हिसाबले अरुको सुरक्षामा केही प्रभाव पार्ला कि भन्ने कुराको वेवास्ता गरिनु राम्रो होईन । आममानिसहरुको हिस्सामा जोखिममात्रै पर्नूपर्छ र आफ्ना पक्षमा...