सरकार—सिके राउत सम्झौता: संदेह अझै बाँकी छ

मधेश लाई नेपालबाट अलग स्वतन्त्र देश बनाउने उद्देश्य लिएर लिएर मधेश मा सक्रिय रहँदै आएका सिके राउत ले सरकारसंग शुक्रवार काठमाण्डौमा एघार बुँदे गरेका छन् । उनको यो अवतरणलाई अप्रत्यशित तर सकारात्मक भन्दै आश्चर्य प्रकट गरिएको छ । राउतलाई राज्यविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले गत २१ असौजमा पछिल्लो पटक गिरफ्तार गरेको थियो । यसअघि पनि उनि कैयौं पटक गिरफ्तारीमा पर्दै र अदालतको आदेशबाट रिहा हुँदै आएका थिए । पश्चिमका केही देशहरुले राउतलाई अधिकारकर्मीका रुपमा हेर्दै आएका छन् । उनको प्रत्येक गिरफ्तारीपछि अन्तरराष्टियस्तरबाट उनको रिहाईकालागि नेपाललाई दबाव दिईने गरेको थियो । यसपटक पनि उनलाई अदालतले बिहिवार रिहा गर्ने आदेश दिएको थियो । रिहा भएको भोलिपल्टै उनले सरकारसंग ११ बुदे सहमति गरेका हुन् । सरकारी सुत्रका अनुशार राउतसंग केही समय अगाडिदेखि सरकारले विभिन्न माध्यमबाट वार्ता गरिरहेको थियो...