संदेश

नेपाली लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेपाली पारिवारिक सत्ताको पतन हुँदैछ

चित्र
नेपाली कृषिप्रणालीले  आफ्नो वर्चस्व गुमाईरहँदा नेपाली पारम्परिक पारिवारिक संरचना ले पनि अवसान को बाटो समात्न वाध्य हुनु परिरहेको छ।   आजभोलि नेपाली पारम्परिक परिवारको संरचना दु्रत गतीमा बदलिंदै गैरहेको देखिंदै छ ।  पारम्परिक कृषिमा आधारित हजुरबा हजुरआमा, बाबु आमा र नाति नातिनाहरु सहितको परिवारको संख्या अचेल कम हुँदै गएको छ । सन् २०१८को तथ्यांक अनुशार कुल जनसंख्याको ८०.२६ प्रतिशत नेपालको जनसंख्या ग्रामिण क्षेत्रमा बसोवास रहेको देखाईएको छ । जबकि, सन् १९६०मा यो प्रतिशत ९६.५२ रहेको थियो । ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिमा आधारित जनसंख्याको प्रतिशत सन् २०११को सरकारी तथ्यांक अनुशार ८३ रहेको छ । पारम्परिक नेपाली समाजको जग कृषिप्रणाली मै टिक्दै आएको थियो ।  कृषिबाट पलायन भैरहेको स्थितिले पनि पारम्परिक परिवारको स्वरुप छिन्नभिन्न हँुदै गएको देखिन्छ । नेपाली पारम्परिक कृषि पद्धती समय अनुशार रुपान्तरित हुन नसक्नुले यसमा आश्रित परीवारका आवश्यकताहरु पुरा गर्न असफल हँुदै गएको देखिन्छ । यसैले कृषि कर्मप्रति मानिसहरुको विकर्षण बढ्दो छ । सरकारका तथ्यांकहरुमा देख...

कालापानी अतिक्रमण : राजनीतिक र कूटनीतिक सक्रियताको विकल्प छैन

चित्र
  भारत को सिमा सुरक्षामा प्राण आहुति दिंदैआएका नेपालीहरुको आफ्नै मातृभूमि भारतबाट आतिक्रमित हुनु दुखद हो । पाकिस्तान र चीनसंगको युद्धमा बगेको  नेपाली को रगतको पुरस्कार कालापानी कब्जा गरेर दिएको हो ? भारतले सम्बेदनशिलतालाई बुझोस् ।  भारतले हालसालै प्रकाशित गरेको आफ्नो नक्शामा महाकाली पूर्वको नेपाली भुभाग एकपक्षिय ढंगले आफ्नो नक्सामा देखाएको भन्दै नेपालमा आक्रोश फैलिएको छ । भारतको नेपाली भूमिमाथि भएको यस प्रकारको सैनिक हस्तक्षेपले नेपालीहरुमा लामो समयदेखि व्यापक असन्तुष्टि रहँदै आएको छ । नोवेम्वरका ७ दिन सरकारका प्रवक्ता संचारमंत्री गोकुल वास्कोटाले कालापानी लिपुलेक क्षेत्रमा नेपाली भूभागमाथि भारतको एकपक्षीय दावी अस्वीकार्य भएको र कूटनीतिक ढंगबाट समाधानकालागि सक्रिय रहने बताएका छन् । नेपालमा सिमानाको विषयलाई लिएर देखिएको व्यापक असन्तुष्टिपछि भारतीय विदेशमंत्रालयका प्रवक्ता रवीश कुमारले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल तर्फको सिमानामा नयाँ नक्शामा केही परिवर्तन नगरिएको र त्यहाँ नक्शाङकन गरिएको भूमि भारत कै भएको बताएका छन् । नेपाल भारतबीचमा भएका सिमा सम्बन्ध...

भाषा नेपाली कि गोर्खाली ? जाती नेपाली कि गोर्खाली ?

चित्र
आदिकवि भानुभक्त आचार्य                                                                    नेपाली भाषा साहित्यमा दार्र्जीलिङ, सिक्कीम, आसाम, मेघालयलगायत भारतमा अन्यत्र बस्ने नेपालीहरुको गहकिलो योगदान रहंदै आएको छ । अखिल भारतीय नेपाली भाषा समितिले लामो समयसम्म भारतमा नेपाली भाषालाई आठौं अनुसूचिमा समावेश गरियोस् भनेर संघर्ष नै संचालन गर्यो । फलस्वरुप सन् १९९२मा नेपाली भाषाले मान्यता पनि पाईसकेको छ ।                                                                                                                    ...